सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा मच्चियो भाँडभैलो

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूमा भाँडभैलो मच्चिएकाे  छ । गएको जेठ तीन गते संगठन संयोजक तोकिएका ऐन महरले बिहीबार (हिजो) पत्रकार सम्मेलन आयोजना गरेर चन्दा नउठाउनेदेखि शैक्षिक आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यहि बिषयलाइ लिएर भाँडभैलाे मच्चिएकाे हाे । 

तर, पूर्व अखिल क्रान्तिकारी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थी नेता भने सहभागी भएनन् । संगठनको व्यवस्थापन नभई गरिएको निर्णय प्रभावकारी नहुने भएकाले पत्रकार सम्मेलनमा नगएको नेता नेपाल समुहका एक विद्यार्थी नेताले भने ।

त्यस्तै हिजो अनेरास्ववियूद्वारा प्रथम बैठकको निर्णय सार्वजनिक गर्न भनेर आयोजना गरिएको पत्रकार सम्मेलनले परिपक्वता हासिल गर्न नसकेको त्यस्तै पूर्वक्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए ।

पार्टी एकताको लामो समयपछि संगठनले बल्ल संयोजक र सहसंयोजक प्राप्त गरेको छ । दुई सदस्यीय कमिटीले पूर्णता पाउन बाँकी नै छ । उठाइएका विषयवस्तु र मुद्दामा पूर्णरूपले सहमत हुँदाहुँदै पनि पत्रकार सम्मेलनसम्म पुग्दा सबै जुट्ने स्थिति बनेन बस्नेतले भने ।

पत्रकार सम्मेलनको अघिल्लो दिन अगुवा केन्द्रीय सदस्यको बैठक भनिए पनि त्यहाँ साधारण कार्यकर्तासम्म बोलाइएको र निर्णय गरिएको बताए । महरको कार्यशैली त्रुटिपूर्ण रहेको भन्दै निर्णय राम्रो भए पनि संस्थागत आकार ग्रहण गर्न नसकेको प्रचण्ड र नेपाल समुहको आरोप छ ।

गएको जेठ तीन गते पार्टीले संगठनको संयोजकमा तत्कालीन अनेरास्ववियूका महासचिव महर र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङलाई सहसंयोजक चयन गरेको थियो । संगठनको नाम अनेरास्ववियू रहने कमिटीको आकार २५१ रहने निर्णय भए पनि केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ ।