प्राध्यापकद्धवय शर्मा र चन्दद्वारा लिखित पुस्तक बिमोचन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्यापसको रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्मा र ललित प्रकाश चन्दद्वारा लिखित बिभन्न चारवटा पुस्तकको बिमोचन गरिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यताप्राप्त बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गत स्नातक तह विएड दोस्रो सेमेस्टरका चार वटा पुस्तकको शनिबार बिमोचन गरिएको हो ।

प्राध्यापक एकराज शर्माद्वारा लिखित ‘स्नातक तह विएड दोस्रो वर्षका अनिवार्य विषयहरु सिकाईका उदयिमान सिद्वान्त’ र ‘पाठ्यक्रम र मूल्याङ्कन’ तथा प्राध्यापक ललित प्रकाश चन्दद्वारा लिखित ‘स्नातक तह विएड दोस्रो वर्षका नेपाली विषयका अनिवार्य नेपाली’ र ‘एम एड प्रथम सेमेस्टर भाषाविज्ञान’ विषयको पुस्तक बिमोचन गरिएको हो । बागेश्वरी क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष होम प्रकाश सुवेदिललगाएतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

पुस्तक विमोचन भएसँगै प्राध्यापकद्धवय शर्मा र चन्दले आफुहरुले प्रकाशित गरेका पुस्तकले क्याम्पसको गुणस्तरीय शिक्षामा थप टेवा पु¥याउने बताएका छन् ।

पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखक एकराज शर्माले पुस्तक लेखन कार्य जटिल भएकाले विद्यार्थीहरुको भावनालाई आत्मासाथ गरी पुस्तक प्रकाशनमा ल्याईएको बताए । साथै उनले पुस्तक प्रकाशनमा सहयोग गर्ने प्रति धन्यवाद समेत गरेका छन् ।

पुस्तक लेखक प्राध्यापक ललित प्रकाश चन्दले पुस्तक अभाव भएपछि पुस्तक अभावलाई केहि कम गर्नका लागि पुस्तक लेखिएको बताए ।