राजनीति अस्थिरताको स्थाई समाधान के हुनसक्छ ?

गौतम बुद्धले छलकपट चोरिलाइ निरुत्साहित पार्ने ज्ञान् बाँढेपछी एकदिन डाकु गंगुलिमार गौतम बुद्धलाई मार्न आएछन चेलाहरुले बुद्धलाई सोधेछन तपाईंलाई मार्न भनेर एउटा डाकु आएको छ के गरौ ? गौतम बुद्धलाई सोधे छ म कहाँ पठाइदेउ डाकु बुद्धको नजिकै पुगेछन बुद्धले डाकुलाइ सोधेछन किन आयौं ?

डाकुले उत्तर दिएछ म तपाईंलाई मार्न आएको हु किनकी मेरो चोरी खाने पेसा बन्द किन गरायौं ? गौतम बुद्धले मुस्कुराउदै डाकुलाइ भनेछन त्यसोत त्यो रुखको हागा भचेर ल्याइदेउ उस्ले हागा भाचेर गौतम बुद्धलाई दियो फेरि गौतम बुद्धले डाकुलाई भनेछन यो हागा लिएर जस्ताको तस्तै जोडिदेउ त्यो असम्भव कुरा हो म त्यो गर्न सक्तैन डाकुले भनेछ ।

गौतम बुद्धले फेरि हास्दै भनेछन हो “ जुनकाम तिमिले गर्न सक्तैनौ त्यो काम तिमिलाइ गर्ने अधिकार छैन“ त्यसपछि आफ्नो चोर्ने पेशा छोडेर डाकु गंगुलिमार गौतम बुद्धको पाउमा परेर चेलाहरुसगै ज्ञान सिक्न बुद्धको चेला बनेछ ।

राजनीति सिधाान्त र नेपाली मौलिकता

जहाँ घर मुन्तिर शहर मास्तिर सेताम्य दुधका धारा झैँ अनगिन्ती छहरा छाँगा नदिनाला बगिरहेका छन । हाम्रादेशका खेर बगिरहेको दुधका धाराहरुका एकएक थोपाहरु सिन्चित उपयोग गरेर छिमेकी देशले झलमल्ल बिजुली बालेर अध्यारो गाउँ शहर उज्यालो बनाउछ ।

सुख्खा जमिनमा हाम्रै देशका बगिरहेको दुधका धाराहरुको सदुपयोग गरेर सिचाइ गरेर कृषिको औद्योगिक क्रान्ति गरेर हरियाली देश बनाएर लाखौं युवाहरूलाई रोजगार र उद्दमसिल र देशको लागि केही गर्ने बनायो अह ! हाम्रो जस्तो जलस्रोतको धनि देशको सत्ताको स्टेरिङ्ग समातेर बस्ने शासकहरुले औँसि र पुर्णिामाको चौपट गोधुली सन्ध्यामा निभ्न थालेको दियोमा तेल थप्ने समेतको वास्ता गरेनन ।

कस्तो दुर्भाग्य नेपाल आमाको आर्जन गरेको जल,जमीन ,जडिबुटी माथी सौदाबाजी गरेर गौतम बुद्धको नेत्र रेटिना अगाडी कसाई र बुचरको तरबार तिखारेर मानव आस्थाको दिगो स्तम्भको एकताले डोरिलाई काटेर फाल्ने कुचेष्ठा गरिदैछ । यो कस्तो राजनीति चिन्तनको बिकास भयो ?

नेपाली आमाको काखमा हामिलाइ बुझ्न् गार्हो भयो । संसारका हिंस्रक चिन्तन भएका मनुष्य चिन्तन माथी शान्ति र अहिङ्साको ज्ञान् बाडन सफल गौतम बुद्धको हाम्रो जस्तो देशमा मानव अधिकारको ज्ञान् सिकाउन र अर्कोतिर हतियारको ब्यापार बोकेर बैरिहरु हाम्री आमाको छातीमा नाचि रहदासम्म अनबिज्ञ शासकहरु प्रभुकै आशिर्वादको भरोसामा हामी तीन करोड नेपालीलाई मूर्ख बनाउन लागि परेका हुन्छन ।

खासखास समयमा त्यहीँ अनुसारको राजनीति अस्थिरता र हिंसाको सिकार बन्दै आयको छ । नेपाली भु राजनिती र अर्थनीति ब्याप्त असन्तुष्टि र चरम महंङ्गिको चपेटामा परिरहेको हुन्छ । तर हामिहरु उत्ताउलो समृद्धिको भजन जपेर कंगाल भएको पत्तै पाएका छैनौ । आखिर हाम्रो राष्ट्रमा सुख शान्ति र समृद्धिको कुनै सम्भावना नै नभएर होत ? संभावना अथाह छ त्यो नहुनुको मुल समस्या के हो ? समस्या समाधानको बाटो के हो ? बुझ्न जरुरी छ ।

समृद्धिका सुनौलो संभावना

संसारका ९५% देशहरूको दाँजोमा नेपाल बिकास र समृद्धिको एक नम्बरमा छ । नेपालका नदिनालालाई मात्र समुचित प्रयोग गर्ने हो भने विद्युतको आम्दानीको माध्यमले मात्रै प्रत्येक नेपालीलाई दैनिक २ डलर आम्दानी कामनगरी बसेर नै हुने देखिन्छ ।

त्यस्तै राष्ट्रको सम्पुर्ण जमीनलाई कृषि उत्पादनको लागी प्रयोगमा ल्यायर कृषिलाई औद्योगिककरण गर्न सक्ने हो भने नेपालीको खाद्यान्न बस्तुमा मात्रै परनिर्भर नभई आत्मनिर्भर बन्न सक्ने हो भने पाँच बर्षमा नेपाल एशियाली मुलुकहरूलाई उछिनेर अगाडी बढने यथार्थ संभावना देखिन्छ ।

प्राकृतिक श्रोत साधन र जडिबुटी लाई राष्ट्रिय स्तरमै प्रसोधन गर्नसके एक घर अनेक रोजगार स्वदेशमा नै हुनसक्ने सुनौलो सम्भावना छ । नेपालमा यतिमात्र गर्न सक्ने हो भने वैदेशिक रोजगार शुन्यमा झार्न सकिन्छ । हरेक नेपाली आफ्नै भुमिमा पशिना मात्र बगाउदैनन राष्ट्रलाई बिश्वब्यापी सुखी समृद्धि समुन्नत राष्ट्रहरुको नमुना नै बनाउने सुनौलो संभावना देखिन्छ ।

राजनीति अस्थिरता सुख समृद्धिको मुल समस्या के हो त ?

सामाजिक बिकाश शिक्षा ,स्वास्थ ,बास,कपास र रोजगारको समग्र परिवर्तनको मुल हतियार राजनीति हो । राजनीति शक्ति सिद्धान्त र संगठनका हरेक ब्यक्ती राष्ट्रिय समस्याको जानकार र बाहिरी रङ्गमन्चको प्रभावबाट स्वतन्त्र स्वच्छ हुन जरुरी हुन्छ ।

साथमा आफू निकटका छिमेकी राष्ट्रसग सुमधुर कुटनैतिक सम्बन्ध राख्नु र छिमेकी राष्ट्रको वृद्धि बिकास जोडिएको अर्थब्यबस्थाबाट लाभलिन नसक्नु छिमेक हित बिपरित कुनै तेस्रो शक्तिसग राजनीति आर्थिक साझेदारी गर्नुले बिकास उन्मुख राष्ट्र अस्थिरताको दिशामा अगाडि बढेको हुन्छ ।

हाम्रो देशको फरेन पोलेसी र फाइनान्स पोलेसी पनि त्यसको नराम्ररी सिकार बनेको छ । एशियाली मुलुकमा नेपाल आफैमा भु राजनीति अर्थ राजनितिको हिसाबले त्रिकोनात्मक शक्ति संघर्षको अथाह पीडामा फसेको छ । यो अबस्थामा बिकसित राजनीति घटनाको अन्तर बस्तु के हो ?

भने चिनको शक्तिशाली उदयले पश्चिमा मुलुकलाई चित्त नबुझ्नु अर्को्तिर चिनको उदयलाई कसरी रोक्ने पश्चिमा राजनीति रणनीति अनुसार एशियाली मुलुकको मेन ककफिटको रूपमा नेपाल रहेको पश्चिमाहरुको युद्ध अनुमानलाई हामी नेपाली राजनीति नेतृत्वले बुझ्न नसक्नु नै मुल समस्या बनेको छ ।

त्यसको प्रतिफल विभिन्न रूपमा देखिएका राजनीति दुश्चक्रको सामना गर्नुपर्ने बाध्यता छ । नेपाललाई युद्धको रणमैदान बनाउने असफल राष्ट्रमा परिणत गराउने र बहराष्ट्रिय सेनाको नाममा आफ्नो सैनिक उपस्थित गर्ने साम्राज्यवादको युद्ध रणनीतिक चाललाई अब पनी नेपाली राजनीति नेर्तत्वले बुझ्न नसक्ने हो भने नेपालमा देखिएको राजनीति अस्थिरता अशान्ती सामाजिक अंतरर्विरोध चुलिएर त्यसको असरले भौगोलिक तथा क्षेत्रीय बिखण्डनको बाटोमा नेपाली राजनीति मार्ग स्पष्ट देखिन्छ ।

यस्को मुल समस्या बर्तमान नेपालको संविधान पुर्णरुपमा पश्चिमाहरुको ग्रायन्डिजायनमा निर्मित छ । यसको अनिवार्य परिवर्तनको जरुरत खाचो छ । जस्ले नेपाल र नेपालीको हित गर्ने संविधान र नेपाली मौलाएको जगमा निर्माण हुने निश्चित गरोस् ।

समाधानको उत्तम उपाय के हुनसक्छ ?

हरेक राजनीति पार्टीको घोषणा प्रतिबेदन सबै नेपाली मौलिकता अनुसार भएपछि पनि सरकारमा पुगेपछि पुर्ण रूपमा बिदेशी शक्ति राष्ट्रको हित अनुकूलता अनुसारको काम गर्नुले नेपाल राजनीति अस्थिर गरिबि अभाव निम्तियर लामो समयसम्म नेपाली जनताले पटकपटक बलिदान गर्नुपर्ने बाध्यता सृजना भएको हो ।

अझैपनि राष्ट्र र जनताले राज्यसत्ताको लागि नभएर राज्य ब्यबस्थाको परिवर्तनको लागि एकपटक अन्तिम लडाई नलडी बिकल्पै देखिदैन । अबको लडाई स्वाभिमान स्वतन्त्रता भ्रष्टाचार र बेथिति दलाल खुपिया प्रवृत्तिको विरुद्ध लडाई लडेर जनताको जनबादी गणतन्त्र स्थापना र सर्बहारा बर्गको साझा अधिनायकवादको अनिवार्य जरुरी छ ।

यस्का आधारहरु भ्रष्टाचार बिरोधि आन्दोलन खासगरी २०४७ सालदेखि अहिलेसम्मका स्थानीय कथित जनप्रतिनिधिहरुले गरेको ,शिक्षा ,स्वास्थ ,बन,यातायात ,बिद्धुत ,उर्जा ,कृषि ,उद्योग ,गरेका भ्रष्टाचारको डाटा संख्या नाम सड्ढलन गरेर २०४७ सालदेखि अहिलेसम्मकै पुर्ब विशिष्ट मन्त्री प्रधानमन्त्री सांसद कर्मचारी तथा

एनजीओ,आइएनजिओ भ्रष्टाचार गरेको सम्पती उनिहरुको मरेको भएपछि पनि उस्को तिन पुस्ता समेतलाई कानुनी दायरामा ल्याएर भ्रष्टाचारको सम्पति राज्यले फिर्ता लिने र सम्पुर्ण भ्रष्टाचारको सम्पति राज्यले कब्जामा लिन सक्ने हो भने कुनैपनी धनी राष्ट्रका अगाडि सहयोग माग्न नेपाललाई हात थाप्नु जरुरत देखिदैन ।

क्षा,स्वास्थ,कृषि,उद्योग कलकारखाना र बिकासमा लगानी गर्न सक्ने मात्रै हो भने ६० वैदेशिक रोजगारमा बिदेश पलायन युबा शक्तिलाई स्वदेशमा रोजगार सृजना गर्न सकिन्छ । दस बर्षभित्रैै नेपाललाई बिश्वको एक नम्बर राष्ट्रको सुचिमा उकाल्न सकिने सजिलो उपाय हो ।

माथिका हरेक समस्याको समाधान हरेक राजनीति सिद्धान्त नेपाली मौलिकता बेगर गरेको खण्डमा त्यसको परिणाम नेपाली जनताले चाहेको इच्छा अनुसार हुन्छ । राजनीति अस्थिरता अशान्ति सामाजिक बिभेदको जरुरी अन्त्यको सम्भावना देखिन्छ । अनिमात्र हामी बुद्धका सन्तानको परिचय दिन सक्छौ । अन्यथा यहिअनुसार यहि संविधानको भाब मर्ममा टिकेर जाने हो भने बुद्धको अगाडि कसाइको राजनीतिको बिजय हुने सम्भावना देखिन्छ ।