कुुशे गाँउपालिकाको मालुमेलामा सुरू भयो दोस्रो अध्यक्ष कप २०७६

विभिन्न स्थानीय लोक संस्कृति समेत प्रस्तुत

जाजरकोटको कुशे गाँउपालिकाकाे मालुमेलामा दाेस्रो अध्यक्ष कप सुरु भएको छ । आजबाट बिधिवत रूपमा दोस्रो अध्यक्ष कप सुरू भएको हो ।

कुशे गाँउपालिकाको ५ मालुमेलामा  सुरू भएको  अध्यक्ष  कपमा विभिन्न बिधाका खेलाडीले भाग लिएको झादेबी युवा क्लब ढिमेका अगुवा युवा टेकराज मल्लले जानकारी दिए ।

मल्लका अनुसार फुटबल तर्फ ९ वटा टिमले भाग लगेको छ भने अन्य सबै बिधामा समेत भाग लगेको बताईएको छ । अाजबाट सुरु भएको कप बैशाख २४ गतेसम्मा हुने  बताइएकाे छ ।

 झादेवी युवा बिकास केन्द्र कुसे ५ ढिमे‌,मधुरिमा कला केन्द्र जाजरकोट ‌,युवा सुचना केन्द्र कुसे गाँउपालिकाको आयोजनामा कुशे ५ मालुमेलामा अध्यक्ष कप दाेस्राे आयोजना  भएको हो ।

कपको उदघाटन गर्दै कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले ऐतिहासिक ठाउँको ऐतिहासिक पहिचान बनायर जाने बताए । उनले विभिन्न क्षेत्रबाट बिकास गरेर लिने कुरामा गाँउपालिका प्रतिबद्ध रहेको जिकिर गरे । 

कार्यक्रम नेपाली काँग्रेसका जाजरकोटका नेता बेदराजसिंह,जाजरकोटका डिएसपी विभिन्न राजनीतिक दलका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय लोकप्रिय नाँच खाँडो नाच , विभिन्न झाँक्री समेत प्रस्तुत गरिएको थियो । जसमा खाँडो नाचको कमान्ड जितबहादुर मल्लले गरेका थिए । 

प्रतियोगिता बैशाख २४ गतेसम्मा चल्ने बताइएको छ ।