अहंकार र रिसको फल, भगवानले पनि यसरी साथ छोडछन् !

प्रेरक प्रसंग

भगवान बिष्णुका दुई पाले थिए । तिनीहरुको नाम जय र विजय थियो । तिनीहरुसँग अनुमति नलिई कोहि पनि वैकुण्ठभित्र पस्न पाउँदैनथे । यस कुराले तिनीहरु समयसमयमा आफुलाई निकै ठुला हौं भन्दै अहंकार पनि गर्दथे । एक दिन तिनीहरुले स्वयम् लक्ष्मीजीलाई पनि रोख्न खोजे । उदार एवम् सौम्य स्वभावका कारण लक्ष्मीले केहि भन्नुभएन ।

एक दिन सनकादि ९सनक, सनन्दन, सनातन, सनतकुमार यी चार भाईको समुहलाई सनकादि भनिन्छ ।० ऋषिहरु भगवानलाई भेट्न वैकुण्ठ गए । जय र विजयले उनीहरुलाई पनि भागवानकामा जान रोकेर दुव्र्यवहार गरे । यस कुराले रिसाएका सनकादिले उनीहरुलाई तीन जन्मसम्म असुर राक्षस हुने श्राप दिए । त्यसै बेला भगवान् त्यहाँ प्रकट हुनुभयो ।

एकपल्ट भगवान्को धाम वैकुण्ठभित्र छिरेपछि फेरी कसैले पनि यो संसारमा फर्किनुपर्दैन । तर काम, क्रोध, मोह, आदि दुर्गुणहरुमाथि विजय नगरिकन कसैले पनि त्यहाँ प्रवेश गर्नै सक्दैनन् । ऋषि भएर पनि रिसलाई रोक्न नसकेको कारण सनकादिलाई पनि भगवान्ले भित्र पसाउन चाहानुभएन । बाहिरै आएर दर्शन दिनुभयो । भगवान्ले भन्नुभयो – ‘हे ऋषि !  रिसले अरुलाई मत्रै हैन, आफुलाई पनि हानी गर्छ ।’ जय र विजयसँग पनि भन्नु भयो –‘हे पाले हो ! उच्च बिन्दुमा पुगेको अहंकारले जहिले पनि मान्छेलाई पछार्छ । तिमीहरुको गति पनि यस्तै भयो ।

तर चिन्ता नगर तिमीहरु तीन जन्मसम्म राक्षस हुनेछौ भने म तिमीहरुको उद्धार गर्न चार अवतार धारण गर्ने छु ।’ यति भनेर भगवान् अन्तध्र्यान हुनुभयो । रिसका कारण सनकादिले भगवानकाे धामभित्र छिर्न पाएनन् भने अहंकारका कारण जय –विजय राक्षस बन्नुपर्यो । साक्षात भगवान्का भक्त तथा पालेहरुले त अहंकार र रिसका कारण त्यस्तो फल भोग्नु प¥यो भने झन साधारण मान्छेको के गति होला ?

अतः कसैले पनि अनावश्यक रिस तथा अहंकार गर्नु हुदैन । रिस तथा अहंकार नै पतनको कारण बन्न सक्छ । त्यस्तो बेला अभिभावकहरु अर्थात देवताले पनि केहि गर्न सक्दैनन् ।