नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद

“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया

रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको वैचारिक दासता लागू गर्न एकदमै अनुकूल साधनको रूपमा रहिरहेका छन् । यतिखेर नेपालको शिक्षा र शिक्षा प्रणालीमा विदेशी हैकम ह्वात्तै बढेर गएको छ ।

नेपालको सामाजिक दलाल पुँजीवादी सत्ता

सरकारले कमिसनको खेलमा शिक्षामा साम्राज्यवादीहरूको घुसपैठहरूलाई रातो कार्पेट विछ्याइदिएको छ । साम्राज्यवादका एजेन्टहरूलाई राम्रोसँग थाहा छ कि शिक्षाको क्षेत्रबाट नेपालका सबै क्षेत्रमा प्रवेश गर्न सकिन्छ र सिङ्गो नेपाललाई आफूले चाहे जसरी चलाउन सकिन्छ । उनीहरूले यो पनि बुझेका छन् कि आधुनिक विश्वमा शिक्षाकै माध्यमबाट विश्वभर आफ्नो शोषणको जालो फैलाउन सकिन्छ, यसबाट नेपाल र नेपालको शैक्षिक प्रणाली अछुतो रहन सक्ने कुरै भएन ।

शिक्षाको क्षेत्रबाट साम्राज्यवादीहरूले हामीलाई निरन्तर आक्रमण गरिरहेका छन् । उनीहरू हाम्रो देश र जनताको आवश्यकता के हो ? त्यसको वेवास्ता गर्छन् । देशको शिक्षाले राष्ट्र र जनताको आवश्यकता वा हितको सम्बोधन गरोस् भन्ने चाहँदैनन् । पक्कै पनि हाम्रो देशका सबै नागरिकले पढून् भन्ने पनि ऊ चाहँदो हो किनकि वर्तमान शिक्षाले बहुसङ्ख्यक नागरिकको आवश्यकता पूरा गर्दैन वा हित गर्न सक्दैन । हाम्रो देशको शिक्षाले पढेलेखेका बेरोजगारहरूको लाखौँको जमात नै खडा गरिदिएको छ ।

आज देशका शासक र साम्राज्यवादका एजेन्टहरू एकै स्वरमा सबै नागरिकलाई शिक्षाको व्यवस्था गर्नुपर्छ भनिरहेकै छन् । हामीले उनीहरूको यस्ता गुलियो कुराबाट के बुझ्नुपर्दछ भने यो गुलियो कुराभित्र उसले विषको पुरिया राखेको छ । वास्तवमा उनीहरू नेपालका लाखााैँ विद्यार्थी उनीहरूकै विचार पढून्, शोषक–मनोवृत्तिका मानिस बनून्, मूल्यहीन, आदर्शहीन, आफ्नै देशलाई धिक्कार्ने बनून् आदि विचार लाद्न चाहन्छन् र लादिरहेका पनि छन् । त्यसैको कारण आज राम्रा प्रतिभा भएका युवाको रोजाइ आफ्नो देश होइन, बरु तिनै साम्राज्यवादीहरूको देश बन्न पुगेको छ ।

साम्राज्यवादीहरू किताबमार्फत हामीलाई परनिर्भरता सिकाइरहेका छन् । हाम्रा मस्तिष्कहरू भुत्ते बनाइरहेका छन् । उनीहरू यो दुनियाँबाट असमानता कहिल्यै हट्दैनन् भन्छन्, उनीहरू हामीलाई आत्मनिर्भर भएको देख्न सक्दैनन्, समाजवाद र साम्यवादका महान् आदर्श जान्दै नजानून् भन्छ । हामी चोर, फटाहा, गुण्डा, तस्कर, जोगी, माग्ने सबै भएको मन पराउँदछ तर कम्युनिस्ट भएको देख्न सक्दैन । साम्राज्यवादीहरूले माक्र्स, लेनिन, माओ, चे सबै पढेका छन् । त्यसैले माक्र्स, लेनिन, माओ, चे नपढून् भन्छु बरु हिटलर, मोदी, ट्रम्प पढून् भन्छन् ।

नेपालको शिक्षा प्रणाली नेपाल र नेपाली जनताको आवश्यकताको आधारमा बनाइएको छैन । बरु साम्राज्यवादीहरूले आफ्नो स्वार्थपूर्तिको साधनको रूपमा लाखौँ युवायुवती तयार पार्ने योजनाका साथ सबैलाई शिक्षा दिनुपर्ने कुराको वकवाससमेत गरिरहेको छ । हाम्रो देशको शिक्षाले लाखौँ युवायुवतीलाई बेसहारा बनाइदिएको छ ।

शिक्षालाई श्रमबाट कटाइदिनुले लाखाँै युवायुवती दयाको पात्रको रूपमा उभ्याउन बाध्य पारिएको छ । दास मनोवृत्ति भएका, स्वाभिमान गुमाएका, व्यक्तिकेन्द्रित निम्न पुँजीवादी चिन्तनले ग्रसित मानसिकता भएका मानिसहरू उत्पादन गरिरहेको छ । शिक्षार्जन गरेका हाम्रो देशका लाखाँै युवायुवती बेरोजगार त छन् नै, सँगै त्यत्तिकै निराश पनि छन्, संवेदनाहीन बन्दै गइरहेका छन् ।

आफ्ना आवश्यकता पूरा गर्न जेसुकै र जस्तोसुकै खराब काम गर्न विवश अनि लाचार बनाइएका छन् । हाम्रा युवाहरू २८–३० वर्षसम्म पढ्छन् अनि ५०–५५ डिग्रीको तापक्रममा गोठाला बन्न खाडी जाने गर्दछन् । कोहीलाई तस्करीमा लाग्न बाध्य बनाइन्छ भने कोहीलाई गुण्डागर्दीको गर्तमा जाँकिदिन्छन् । कोही राजनीतिमा लाग्छन्, अति थोरै ९वार्षिक ३२ हजार, निजामति, सेना, प्रहरी, शिक्षक आदि० सरकारी सेवामा प्रवेश गर्छन । प्रत्येक वर्ष स्नातक गरेका युवा–विद्यार्थीहरूको सङ्ख्याको आधारमा हेर्ने हो भने ७ प्रतिशतलाई मात्र राज्यले रोजगारी दिन सकेको देखिन्छ । उहिले दासयुगमा मुट्ठीभर मान्छेले अधिकांश मान्छेलाई गलामा बढेमान फलामका सिक्रीले बाँधेर पशुलाई झैँ किनबेच गर्थे, निर्दोष र निहत्था जनतामाथि शासन गर्थे ।

दासयुगमा मानिसमाथि शासन गर्ने एउटा अन्यायपूर्ण रूप थियो तर आजको कथित आधुनिक युगमा मानिसलाई गलामा फलामको सिक्रीले बाँधेर उही रूपमा साम्राज्यवादी र तिनका एजेन्टहरू जनतामाथि शासन त गरेका छैनन् तर सारतः अन्याय र शोषणको नयाँ–नयाँ विकास गरिएका छन् ।

दासयुगीन तरिका सम्भव नभएपछि शिक्षाको माध्यमबाट उनीहरूले फरक र नयाँ तरिकाबाट जनतामाथि अन्यायपूर्ण शासन लाद्ने काम गरिरहेका छन् । समकालीन शिक्षानीतिका माध्यमबाट मानिसको जीवन बनाउने होइन, बर्बाद पार्नेस हामी भन्ने भावना होइन, मस हाम्रो होइन मेरो भन्ने भावनाको विकास गरेको छ । यसले व्यापार र शोषणको नयाँ नयाँ रूप लिएको छ । समकालीन नेपालको शैक्षिक साम्राज्यवादले मानिसको सिर्जनशीलतालाई नष्ट गर्दैछ, मानिसलाई नितान्त ‘प्राविधिक’ बनाइरहेको छ ।

आज साम्राज्यवाद त्यस्तो शिक्षा दिइरहेको छ, जसले उसैको मात्र भलो गरोस्, उसका असल आज्ञाकारी कामदारहरू बनोस् । नेपालमा न पढेर सुख छ, न नपढेर सुख १ यही काम नलाग्ने वा थोरैलाई मात्र काम लाग्ने शिक्षा प्राप्त गर्न पनि देशमा ठूलै सङ्घर्ष गर्नुपरेको छ । देशका शासकहरू समान र निःशुल्क शिक्षाका नारा भट्याएर थाकेका छैनन् । ६ लाख बढी विद्यालय जाने उमेर–समूहका भाइबैनीहरू विद्यालय देख्न पाएका छैनन् । शैक्षिक क्षेत्रमा भदौका च्याउसरी निजीकरण, व्यापारीकरण र माफियाकरण उम्रिएका छन् ।

शैक्षिक माफियाहरू नै राज्यका शासकहरूका प्यारा भएका छन् । आज योजनाबद्ध रूपमा सरकारी÷सामुदायिक शिक्षा ध्वस्त पारिँदैछ । शिक्षामा निजी मौलाइरहेको छ । निजी शिक्षाका व्यापारीहरू निर्वाधरूपमा विद्यार्थी–अभिभावकलाई ठगिरहेका छन् । निजी विद्यालयमा पढाए के के न हुने भन्ने मनोविज्ञान सामान्य मजदुर–किसानहरूको दिमागमा हालिएको छ । गरिब, किसान, मजदुर, सुकमबासीले धेरै कुरा बुझेका हुँदैनन् अनि बरु एकछाक खान्छन्, टालेकै लुगा लगाउँछन् तर छोराछोरी बोर्डिङमा पढाउनैपर्ने भूत टाउकोमा राखेर हिँडिरहेका छन् । निजी र सरकारी स्कुलमा पढेका हाम्रो भाइबैनीहरूको आपसमा विवाहसमेत हुन गा¥हो छ ।

यसबाट शैक्षिक साम्राज्यवादले नेपालको सांस्कृतिक क्षेत्रमा पनि गम्भीर आघात पु¥याइरहेको कुरा स्पष्ट हुन्छ । नेपाली समाजमा गरिबले सरकारीमा र धनीले बोर्डिङमा पढाउँछन् भन्ने ‘मान्यता’ बसेको छ । शैक्षिक क्षेत्रमा भएको साम्राज्यवादी घुसपैठलाई आँखा चिम्लँदै देशका शासकहरू भाङ खाएका जोगीजस्ता मस्तराम भएका छन् । शासकहरूलाई आफ्नो देशका लाखाँै युवाको भविष्यको निर्धारण गर्ने शिक्षा प्रणाली, त्यसको गुणस्तर र मौलिकताबारे कुनै चासोसम्म पनि भएको देखिँदैन ।

जनताको सेवा गर्ने नारामा सत्तामा पुगेका शासकहरू उल्टै तिनै साम्राज्यवादीहरूको दलाली गर्ने, उसैले दिएको जुठोपुरो खाने र त्यसैमा रमाएर दिन बिताइरहेका छन् । देशमा साम्राज्यवादीहरूको स्वार्थकेन्द्रित शिक्षालाई बदल्नु आजका क्रान्तिकारी युवा–विद्यार्थीहरूको महत्वपूर्ण जिम्मेवारी हो । साम्राज्यवादले हामीलाई थाहै नदिई गलत शिक्षानीति र गलत पाठ्यवस्तुको माध्यमबाट हाम्रो देश र हामी लाखाैँ युवाको भविष्य बर्बाद पारिरहेको छ ।

देशको कला, साहित्य, असल संस्कार तथा संस्कृति, पुरातात्विक वस्तु, प्राकृतिक साधन तथा स्रोतलाई पूरै विकृत पार्ने खेलमा साम्राज्यवादीहरू अहोरात्र लागेकै बेला नेपालका दलाल शासकहरू उनै साम्राज्यवादी डिजाइनमुताविक देशलाई अँध्यारो सुरुङतिर धकेल्न उद्यत छन् । यो कुरा स्वाभिमानी नेपाली जनताका लागि लज्जाजनक विषय हो ।

अतः शैक्षिक क्षेत्र राष्ट्रियतासित अभिन्न रूपमा जोडिएको विषय पनि हो । शैक्षिक साम्राज्यवादले हाम्रो राष्ट्रियमाथि गम्भीर रूपमा आघात पु¥याइरहेको यतिबेला क्रान्तिकारी युवा–विद्यार्थीहरूले आफ्नो सम्पूर्ण तागत, बुद्धि–विवेक प्रयोग गरेर शैक्षिक क्षेत्रमा साम्राज्यवादी आक्रमणका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्न जरुरी हुन्छ । हामीले राष्ट्र र लाखौँ युवाको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर समाजवादी शिक्षाको स्थापना गर्न भरपूर प्रयत्न गर्नुपर्दछ । स्वदेशको प्राकृतिक सा्रेत–साधनको प्रयोग र परिचालन गर्न सक्षम बनाउने र प्राविधिक शिक्षामा जोड दिएर मात्र शैक्षिक–साम्राज्यवादको घुसपैठको अन्त्य गर्न सकिन्छ ।