समयको परिबन्धमा प्रेम..

समय परिबर्तन हुदै गयो हामी एक अर्काको बिश्वासिलो पात्रको रुपमा स्थापित हुदै गयाैँ परिस्थीतीले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निठुरी समयमा हामीले बाक्लीएर कुराकानी गर्न पाएका थिएनौँ  मानाैँ समय हाम्राे अगाडि पर्खाल बनेर उभिएकाे थियाे । कारण खड्गराज सेजुवाल अर्थात मेरो प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागी क्याम्पस पढ्नको लागी सुर्खेत तिर गएका थिए ।

म भने गाँउमा नै पढाईलाई अगाडी बढाईरहेकी थिएँ । उनी अर्थात मेरो प्रेमी खड्गराज सेजुवाल सुर्खेत झरीसके पछि पार्टीको संगठनमा संगठित भैसकेका थिए । त्यो समयमा मलाई उनि संगठनमा आबद्ध भएको कुरा थाहा थिएन । पछि बिस्तारै हाम्रो गाँउमा पनि जनयुद्धको प्रभाब परेको थियाे । मलाई  अहिले पनि प्रेमीले तड्पाएको त्यो क्षेणले  झस्काई रहेको हुन्छ । लाग्छ त्यो कसरी र किन भयो भन्ने कुरा मलाई थाहा नै थिएन मानौँ की म अहिले सम्झीँरहेकी छु ।

त्यो बेला मलाई यी सब कुरा भन्ने अबस्था पनि थिएन किनकी त्यो बेलाको पार्टी राजनिती भुमिगत शैलीको भएकोले पनि होला उनले त्यो कुरा मलाई जानकारी गराएका थिएनन् । उनको एउटा स्वभाब राम्रोसँग थाहा थियो ।  उनले त्यो गाँउमा हुने अन्याय अत्याचार कहिले पनि सहेको देखेकी थिईन । त्यो भएर पनि उनले यो जोखिमपुर्ण यात्राको थालनी गरेका थिए  हाेलान भन्ने लागेकाे थियाे। 

सोचिरहेकी थिएँ मलाई अब यो समयसँग जित्नु छैन किनकी गाँउलेहरुले मेरो बारेमा अनेक अट्कल काटिसकेका थिए । अब यी दुई जोडिको मिलन नहुन पनि सक्छ । उसको त्यो आफ्नो प्रेमी अर्थात खड्गराज सेजुवालसँग भेट नहुन पनि सक्छ त्यो त आफ्नो जीवनलाई अकालमा फाल्नको लागी गैईसकेको छ ।

सोचे त्यसरी त्यो यात्रामा जानु नै थियो भने मलाई यसरी किन प्रेममा पारेको होलान् भनेर सोच्न थाले मैले त्यो बेला जनयुद्धको प्रभाबलाई बुझ्न सकेकी थिईन । जब उनले आफ्नो घर परिवार छोडेर आफु त्यो परिवर्तनको बाटोमा लागे सुरु सुरुमा त उनको घर परिवारले पनि केहि समयको लागी त्यो गाँउलाई झुटोसम्म बोलेको कुरा मेरो मानसपटलमा अहिले पनि नाचिरहन्छ ।

उनको बाबाले भन्ने गर्थे मेरो छोरा पढ्नको लागी सुर्खेत तिर गएको छ । उनका बुवाले बाेलेकाे झुटाेले केहि समय केही समय उत्साहित त बनायो तर भन्नेहरुले फलानाको छोरा त माओबादी तिर लाग्यो रे भन्ने खबर सुन्दा एकछिन छागाँबाट खसेझै भएकाे थिएँ ।  किन की त्यो बेला त्यो पार्टी र  राजनितीलाई राम्रोसँग बुझ्ने कोहि पनि गाँउमा थिएनन् । आदिले त त्यो समयमा त्यो मान्छे मर्नको लागी त्यो पार्टीमा किन गएको होला भन्न थालेका थिए ।  हामी भने यो बिचमा अब केहि समयको लागी प्रेमी प्रेमिकाको रुपमा रहेनौ किन उनको पार्टी राजनितीले पनि हाम्रो प्रेममा ठुलो राजनिती गरेको त्यो क्षेण अहिले पनि सम्झीन लायक छ । म आफै पनि त्यो समयमा त्यो परिस्थीतीको कुनै पनि बर्णन गर्न सक्ने अबस्थामा छैन मेरो मनमा त्यो भन्दा पछिका दिनहरुमा एक होरो त्यो प्रेमि अर्थात खड्गराज राज सेजुवाल शिखर मेरो मनमा नाचि नै रहन्थ्यो तर म भने कल्पना गरे जसरी त्यो प्रेमी पाउने परिबेशमा थिईन ।

अब भने मेरो परिवारमा एउटा किसिमको खुसि नै छाएको थियो । किन की मैले मन पराएको त्यो प्रेमी मबाट टाढिदै थियो । कारण प्रेमी टाढिनुको थिएन एउटा क्षेत्रीसँगको सम्बन्ध टाढिनुले मेरो परिवार खुसि छाएको थियो । त्यो समयमा मेरो परिवारमा खुसि छाईरदा म भने जति बेला समयमा मेलापात र जब बन तिर जान्थे तब तब उसको सम्झनाले दिनादिन मुटुलाई पिरोली रहन्थ्यो । 

लाग्थ्यो कुनै मानिस ऊ..पर बाट आउदै गरेको हुन्थ्यो भने मेरो मानस पटलमा त्यहि मान्छे मेरो लागी केहि खबर लिएर आउदै छ जस्तो लाग्थ्यो । यतिसम्म की पहिलेका ति रमाईला ती रनबनहरु र ती पाखा पखेराहरु जती रमाईला लाग्थे त्यो भन्दा पछिका दिनहरुमा मेरा लागी रमालो लाग्न छोडिसकेका थिए ।  म सम्झना गर्दै हिडिरहेकी हुन्थ्ये तब तब उनको त्यो चम्कीलो चेहेरा मेरो अगाडी कैयौ पटक नाचेको हुन्थ्यो लाग्थ्यो मलाई पनि त्यो समयको एक प्रेमी पिडित हो र म आफैलाई त्यो उपमा दिन मन लाग्थ्यो ।

अब मेरो लागी ती पाखा पखेरा र रनबनहरु मेरा रहेनन् त्यो ठाँउमा नाच्ने गरेका ती मृग स्थलहरु अब मेरा लागी रहेनन् त्यो ठाँउमा गाउने कोइलीका ती भाकाहरु अब मेरा लागी हुने छैनन् किनकी मेरो मनको मान्छे अब म सँग छैन र त्यो मेरा लागी हुने छैन । मैले त्यो बेलाको छोटो समयमा त्यो पनि कल्पना गरिसकेकी थिएँ । आखिर मैले त्यो कल्पना गर्नुमा मेरो दोष थिएन दोष थियो त केवल त्यो समयमो थियो । त्यहि समयको दोष भएर नै होला हामीलाई निठुरी समयले छुटुयाएको थियो ।

 सोचिरहेकी थिएँ मलाई अब यो समयसँग जित्नु छैन किनकी गाँउलेहरुले मेरो बारेमा अनेक अट्कल काटिसकेका थिए । अब यी दुई जोडिको मिलन नहुन पनि सक्छ । उसको त्यो आफ्नो प्रेमी अर्थात खड्गराज सेजुवालसँग भेट नहुन पनि सक्छ त्यो त आफ्नो जीवनलाई अकालमा फाल्नको लागी गैईसकेको छ । यो अब गाँउमा नै छ जती प्रेम भो गाउले जीवनमा मात्रै हो अब त यिनिहरु एक अर्काका नहुन पनि सक्छन् यो खासमा मेरो परिवारमा खुसिको कुरा थियो । म त्यो सोचिरहेकी थिईन किनकी त्यो प्रेमि मेरो अहिलेको लागी मात्रै थिएन त्यो त हामीले उहिले देखिको सच्चा प्रेमलाई जोगाएर राखेका थियौँ । म त्यतिमा ढुक्क थिएँ कि म यो समयमा उसको निम्ती नहुन सकुुला तर प्रेम हाम्रो निम्ती त छ नि त्यसैले म त्यो जितको प्रतिक्षा गरेर आफ्नो प्रेमीको बाटो हेरेर होईन प्रेमको योगदान हेरेर एक होरा राईरहेकी हुन्थ्ये आज ती दिनहरु सफल जीवन पछिका काहानी जस्तै बनेर  घच्घच्याइरहन्छन ।

जीवन सजिलो थिएन कल्पनाका सपनाहरुले त मलाई बाच्न नदिने जसरी सधैँ घोचिरहेका हुन्थे । म भने आफु आजको दिन जसरी सगल रुपमा त्यो बेलाको परिस्थीतीसँग लड्न सक्ने अबस्थामा थिईन किनकी म उ देखि र ऊ.. म देखि टाढिएको त्यो पल कल्पनासम्म गर्न सक्ने अबस्थामा थिईन । त्यो २०५६ सालको दशैँ पछिका दिनहरु मेरा लागी थिएनन् ति अरुहरुका लागी मात्रै थिए । किनकी न त म उसलाई त्यो समयको जसरी फेरी पाउने कल्पनामा थिए तर सपनामा थिईन । त्यो चोट मेरा लागी बिर्सिन लायक छैन यदि ति दिनहरु बैधानिकतामा हुदा हुन् त त्यसरी मलाई चोट दिने थिएनन् ।

म यो समाजको आगाडी मन फुकाएर हिड्ने हिक्मत गर्थे तर सोचे जस्तो हाम्रो त्यो बेलाको सम्बन्ध थिएन । एक अर्काको सहयागीको रुपमा हामी स्थापित भएका थियौँ । तर त्यो समयको त्यहि पिडाले पनि मसँग अनेक चोटि परिक्षा लिएको म सोचिरहेकी थिए । त्यसैले पनि आज म त्यो प्रेमीले हाम्रो युद्ध माथि प्रेमको बन्धगी बनाएर आफु सफल हुने सपना जुन बोकेका थिए । त्यो सपनाले उनको मृत्युलाई आफै जितिसकेका थिए प्रेमलाई त्यो समयमा भन्दा आफ्नो बर्गको सपनाले उनलाई जितिकेको थियो । त्यसपछिका दिनहरुमा समयले मलाई कहिले पनि साथ नदिए जस्तो लागीरहेको थियो । त्यसैले समयले आज पनि मलाई जीवनसँग तुलना गर्न सकिरहेकी छैन ।

२०५६ साल पछिका दिनहरुमा हाम्रो गाँउमा जनयुद्धको प्रभाब बाक्लो रुपमा परिसकेको थियो हामीले भने आफ्नो पुस्तौ देखिको राजनैतिक जीवनलाई परिबर्तन गर्नु थियो । मैले पनि अब बिस्तारै आफ्नो राजनैतिक जीवनलाई परिबर्तन गर्ने सोच बनाए किनकी त्यो बेलाको जनयुद्ध भनेको नै हाम्रो लागी थियो र म आफु आज पनि त्यो समय लाई सम्झीएर  आफुसँग आफै लडाई गरेको त्यो दिन अहिले पनि सम्झीदै छु । सबै भन्दा पहिला म आफु देखि आफै लडाई गर्नु थियो किनकी त्यो बेला माओबादी पार्टीको राजनितीमा लागेका प्राय मान्छेहरु पहिला आफुले आफै मृत्यु देखि जितेर मात्रै त्यो राजनितीमा लाग्ने सक्ने हिक्मत गरेका थिए । त्यसैले माओबादी हाम्रो गाँउमा प्रबेश गरिसके पछि केहि बर्ष त मलाई आफु देखि जित्न समय लागेको त्यो क्षण मलाई अहिले पनि सम्झना छ ।

त्यो समयमा हाम्रा कालीकोट जिल्लाको पलाता क्षेत्र उहिले देखिको बिकट क्षेत्रको रुपमा चिनिएको त्यो ठाँउ पछिल्लो समय युवा पुस्ताको पहिलो भुमीगत राजनितीमा लागेको नै मेरो प्रेमी अर्थात खड्गराज सेजुवाल सिखर थिए । त्यो बेला उनि राजनितीमा गईसके पछि हाम्रो गाँउमा अनेकौ अट्कल काटिन सुरु गरिसकेका थिए तर त्यो समयमा त्यो अट्कल काटे जसरी राजनितीलाई बुझ्न सजिलो थिएन । किनकी त्यो समयको परिबर्तनको लडाई भनेको नै पहिला आफुसँगको थियो पहिला आफुले आफै देखि जितेपछि मात्र यो याात्रामा सहभागी हुन सक्ने हिक्मत हुन्थ्यो त्यसैले पनि यो यात्राको बिजय यात्रामा पहिलो पटक उनी नै सहभागी भएको मेरो सम्झना छ ।

उनले यो यात्रा थालनी गरिसके पछि माओवादीको आशंकामा हाम्रो गाँउको एक जना अस्पतालको सहयोगी दाई कुम्म बोगटीलाई पहिलो पटक त्यो बेलाको सरकार पक्षले निर्मम तरिकाले हत्या गरेको थियो । त्यो घटनाले झनै हामीमा सरकार प्रति बितृष्र्णा जागेको थियो किनकी कुम्म बोगटी जसको जीवनमा राजनीतीको र पनि जोडिएको थिएन ति निर्दोश जब मारिए अनि हामी पनि त्यो बेलाको सत्ताको बिरुद्धमा लागेका थियौ । यो हाम्रो र हाम्रो गाँउको लागी पहिलो रेकर्ड थियो जो सरकारको बिरुद्धमा गाँउ नै लागेको ।

त्यो समयमा सरकारले भन्ने गरेको आतंककारी माओबादीमा त्यस्तो आतंककारीको पहिरन हामीले भेटाएका थिएनौ । तर पनि सरकारको सुचना नै आतंककारीबाट सजक रहनु भन्ने बजिरहेका थिए । गाँउमा माओबादीको सत्ता संञ्चालनका अभ्यास भैरहेका थिए।  त्यो समयमा यस्तै यस्तै …. जनयुद्धको आगो जब गाँउ गाँउ फैलिदै थियो त्यसपछका दिनहरुमा हाम्रो गाँउमा कोहि माआबादीको डरले गाँउ नै छोडेर थोरै विस्थापित भएका थिए भने धेरै जनयुद्धको पक्षमा थिए जनयुद्धको सहयागी हातहरु हाम्रो गाँउमा अब झन बलिया हुदै गएका थिए ।

समयको यो चक्रलाई कसैले पनि रोकेर रोकिने पक्षमा नहुदो रहेछ मलाई यो २०५६ साल गएको बर्ष एक शताब्दी जति लामो लागेको थियो । किन मलाई त्यो समयले पनि परिक्षा गरेको जस्तो लागीरहेको थियो । अब यो बर्ष भरी म मेरो प्रेमिसँग प्रेमिकाको रुपमा रहेकी थिईन किनकी उनी जनयुद्धको आधिहुरीमा हाम फालेका थिए भने त्यो समयको बिचमा म गाउले जीवनमा थिए जनयुद्धको नाममा हाम्रो प्रेम बन्धकि बनाएको त्यो क्षण आज जस्तै लाग्छ ।
अस्तु