समाचार Archive

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ

डोटी, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला

कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल

सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो । मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले हाल नेपालका ६ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नरहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ६ जिल्ला कोरोनामुक्त भएको जानकारी दिएका हुन्

निषेधाज्ञा खुकुलो गर्दै उपत्यकामा जोरबिजोर लागू

काठमाडौं – काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौंमा मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव

तलव पाएनन् डोल्पाका शिक्षकहरुले

सुर्खेत ,  डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

बाँकेमा थपिए १४ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म कोरोनाबाट एकहजार २ सय ७१ जना संक्रमित हुनुभएकोमा ८३८ जना डिस्चार्ज हुनुभएको छ । ८ जनाको ज्यान गएको छ भने ४२५

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना पोजेटिभ

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मंगलबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइरालामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु

 नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स:शुल्क कोरोना परिक्षण गर्न सकिने

 दाङ ,  दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब शुल्क तिरेर काेराेना परिक्षण गर्न सकिने भएकाे छ । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स-शुल्क कोरोना भाइरसको पिसिआर परिक्षण गर्न अनुमति दिएपछि शुल्क तिरेर जाेकाेही पनि काेराेना

उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६. जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।