बाँकेमा थपिए १४ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म कोरोनाबाट एकहजार २ सय ७१ जना संक्रमित हुनुभएकोमा ८३८ जना डिस्चार्ज हुनुभएको छ । ८ जनाको ज्यान गएको छ भने ४२५ जनाको उपचार भईरहेको छ ।   

संक्रमित सबै नेपालगन्ज नरगपालिका क्षेत्रभित्रका रहेका छन । पछिल्लो २४ घण्टाभित्र ३५० जनाको स्वा परिषण गरीएकोमा ३३ बाँकेसहित बिभिन्न जिल्लाका ३३ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ