बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु

 नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ ।

मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

उपचारकै क्रममा २२ गते स्वाव संकलन गरेर कोरोना परिक्षण गराउँदा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।