राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स:शुल्क कोरोना परिक्षण गर्न सकिने

 दाङ ,  दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब शुल्क तिरेर काेराेना परिक्षण गर्न सकिने भएकाे छ । सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स-शुल्क कोरोना भाइरसको पिसिआर परिक्षण गर्न अनुमति दिएपछि शुल्क तिरेर जाेकाेही पनि काेराेना परिक्षण गर्न सकिने भएकाे हाे ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर आवश्यक नागरिकहरुलाई पिसिआर परिक्षणको अनुमति दिएपछि प्रतिष्ठानले शुल्क लिएर काेराेना परिक्षण गर्न शुरू गरेकाे छ ।

प्रतिष्ठानमा एकै दिन कम्तीमा एक हजारको पिसिआर परिक्षण क्षमता भएको अवस्था भएपनि आवश्यक किट र भिटीएम सरकारले उपलब्ध नगराएको अवस्थामा प्रतिष्ठानले स-शुल्क परिक्षणको अवधारणा अनुरुप अघि बढेको प्रतिष्ठानले जनाएकाे छ ।

नेपाल सरकारले तोके बमोजिम प्रतिव्यक्ति व्यक्ति ४ हजार ४ सय रुपैँया लिएर पिसीआर परिक्षण गरिने प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।