बालेनलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको फोन
प्रकासित मिति : २०८३ भाद्र १२, शुक्रबार १९:०१
प्रकासित समय : १९:०१
काठमाडौँ, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र प्रधानमन्त्री वालेन्द्र शाहबीच टेलिफोन संवाद भएको छ । शुक्रबार दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत जानकारी दिएका हुन् ।

सरिफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्।
सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने समेत बताएका छन् ।
‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले लेखेका छन्।

