तलव पाएनन् डोल्पाका शिक्षकहरुले

सुर्खेत ,  डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो ।

शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब नपाउदा दैनिक जिवन यापन गर्न धौधौ भएको छ ।निजि शिक्षकका अनुसार बेलाबेला बि व्य स लाई निबेदन दिदापनि आश्वासन बाहेक केहिपनि नदिएको र आश्वासनले हाम्रो दैनिकि नचल्ने उनिहरुले बताएका छन् । यस्तै प्रक्रिया दोहोरीएमा शैक्षिक गतिबिधि ठप्प पार्ने बताएका छन् ।

निजि शिक्षकहरुको गुनासो (जस्ताको तेस्तै )

एक बर्ष भन्दा धेरै भयो हामिले निजिश्रोतको तलव पाएका छैनौ । यस्तो अवस्थामा आफ्नै अवस्था दयनीय बनिसकेको छ । धेरै समयसम्म निजिश्रोतबाट पाउने तलव नपाएपछि हामिहरुले बि ब्य स अध्यक्ष तथा सम्पुर्ण कार्यसमितीमा निबेदन राख्दै आयौ तर आश्वासन बाहेक केहिपनि पाइएन । आश्वासनले हाम्रो पेट नभरिने र तत्काल तलब भत्ताको ब्यबस्था गर्न्र माग राखेका छौ । प्रधानाध्यापक सहित नौ जना शिक्षकले हस्ताक्षर गरेको उक्त निबेदन पुन पेष गरेका छौ । बारम्बार झुट्टा आश्वासनले हाम्रो समस्या समाधान हुन सक्दैन । हाम्रो धैर्यताको बाध टुटिसक्यो हामिले आश्वासनलाई विश्वास गर्ने कुनै आधार पनि रहेन। हामी शिक्षकहरुले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि पूरा पारिश्रमिक नपाउदा जति पीडा र अन्यायमा परेका छौ । यसको प्रत्यक्ष प्रभाव बिद्यार्थि तथा बिध्यालयको शैक्षिक क्षेत्रमा असर पर्न गएको छ । त्यसैले बिद्यालय र बिद्यार्थिको  सुनौलो भविस्य चाहनु हुन्छ भने तत्काल समस्याको समाधान खोज्नुपर्छ । तलब भत्ताको ब्यबस्थापन गरियोस भनी निबेदन पनि पेश गरेका छौ । यदि ब्यबस्थापन हुन सकेन भने हामि शिक्षकहरुले शिक्षण कार्यलाई अगाडि बढाउन सक्दैनौ ।