देश Archive

रुखको हाँगा लागेर दैलेखमा एकजनाको मृत्यु

दैलेख,दैलेखमा रूखको हाँगा लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–५ तलिगाउँकी ६८ वर्षीया जौमती जैसी रहेकी छन्। बिहीबार साँझ चलेको हावाहुरीका कारण शिरिसको हाँगा भाँचिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन मन्त्रालयको आग्रह

काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज

बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

भक्तपुर,प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ। बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो। उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो। महतोले किशोरीलाई उनकै

निषेधाज्ञामा कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल नरोकिने

काठमाडौँ,टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल निषेधाज्ञामा पनि प्रसारण हुने भएको छ। हाल कमेडी च्याम्पियनको छायांकन भइरहेको र भ्वाइस अफ नेपालको तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेको सो का निर्देशकहरुले जानकारी गराएका

काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्। कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

शरीरमा अक्सिजन बढाउने केही तरिका

अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित रहेको छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका, व्यायाम,योगा,प्रणायाम आदि कुराले

खानेपानी मन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं,खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना पुष्टि भएको छ। विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कारोना संक्रमण पुष्टि भएको हो। ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै

विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई

काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको