प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्।

लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग,समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बोलाएको एक नेताले जानकारी दिएका हुन्।हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन।राजनीतिक दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको बताइएको छ ।