भागवन्डामा लुछाचुडी

एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक भाई राणा शासनको समयमा छुट्टीएको थिए।अर्को भाई प्रजातन्त स्थापनपछि मात्र अलग भएका थिए। अर्को तीन भाई भने बहुदलीय व्यवस्था पछि मात्र आफु आफुमा अलग भएका थिए। केहि समय पछि एक भाईले सबै भाई बाटै विद्रोह गर्ने विचार गरे। घरबाट निष्किए । बाकि दुई भाई घरमा यनतेन बसेर कामगरे।

ती भाई भाई यति फुटे कि काम नलाग्ने गरेर कमजोर भए। त्यो कमजोरीलाई हेरेर एक अदभुत मालिक साब आएर सबैलाई एकै ठाउँमा थन्काएर सबै हड्पेर लियो। तर विद्रोही भाई विद्रोहका लागि घर छोडेको थियो। मालिकलाई तहमा ल्याउन चार भाई निकै लागे । पछि त नाता जोडेर दुई भाई पनि थपे।अब अलि बल पुग्ने आशामा सात भाईले निकै जोडबलले आन्दोलन गरे। त्यो आन्दोलनले मालिक के मानथ्यो टेरेन। निकै समय सात भाई लागे विरोध गरे तर पनि केहि चलेन।

अब सात भाईले सल्लाह गरे अब विद्रोही भाईसंग वार्ता गर्ने विचार गरे । त्यसका लागि छिमेकीलाई गुहार्ने विचार अनि सल्लाह समेत गरे। सात भाईमा सहमति भयो। सबै मिलेर छिमेकीसंग गए। छिमेकीले बोलाएपछि विद्रोही भाई पनि वार्तामा आउने निर्णय गर्यो।उता विद्रोही भाईले निकै परिवर्तन ल्याई सकेको थियो । मानिसमा चेतना अनि विद्रोही वातावरण समेत बनाई सकेको थियो र केहि चेतना नआएको होइन भावि सन्ततिमा।

एक दिन छिमेकीले सात भाई सहित विद्रोही भाई समेतलाई एउटै ठाउँमा जम्मा गरेर मालिकको विरुद्दमा आन्दोलन गर्ने समेत सहमाति गरायो । भाई फुटे गवार लुटे भने जस्तै सबै भाईहरु एक हुने र विद्रोही भाईका केही कुराहरु समाबेश गरिदिने सात भाईले सहमति पनी गरे। जेठो भाईले मानेपछि अरुपनि सहमति भए। आन्दोलनको मिती तोकियो। अगाडी अगाडी सात भाई पछि पछि विद्रोही भाई लाग्ने किनकी विद्रोही भाईलाई मालिकले खाजेको थियो।

समय पनि त बलवान हुन्छ त्यो दिन आयो। सात भाई सडकमा आए आन्दोलनको सुरुवात गरे। अदृश्य रुपमा विद्रोही भाई पनि समावेस भयो। धेरै दिन आन्दोलन भयो । चर्काचर्की भयो । केहिले साहदत्त पनि प्राप्त गरे । तर आन्दोलनमा छिमेकी समेतको साथ अनि जनताको आन्दोलन थेग्न मालिकलाई गार्हो भयो आन्दोलन कै क्रममा मालिकले लिएको सबै सात भाईको अधिकार फिर्ता गरिदिए। यो पछि विद्रोही भाइसंग वार्ता भयो उसका धेरै मागहरु पुरा भए। विद्रोही भाई पनि घरमा फर्कियो।

अब भएको अधिकार अनि सम्पति बाँडचुड गरे भाईहरुले तर मालिक सोझो अनि सिधा थियो। उसलाई उसको दाईभाईको सम्पति अनि अधिकार खोसेर एकान्तमा जानका लागि निर्णय गरे आठ भाईले तर मालिकले उक्त निर्णयलाई सहजरुपमा स्वीकार गरेर दिएको एकान्तमा गए। यता ति आठ भाई भागबन्डामा लुछाचुडी गरेर बसे। एकदिन पनि मिल्न सकेनन। उनीहरुले घरमुली छान्नका लागि चुनाव गराए त्यो समयमा विद्राही भाईले नेतृत्व गर्यो।अनुभव कम थियो वा अफसोच भयो काम गर्न सकेन। चारैतिरबाट उसलाई प्रहार गरे असफल बनाए।

भाईहरुका क्रम भंग भयो। विद्रोही भाई घरमुली भयो। पुरानो वा जेडो भाई माईलो त अर्को भाइ साईलो भयो। भाईभाईको क्रम संग संगै विद्रोही भाईले काम गर्न सकेन। पछि फेरी चुनाव गर्ने निर्णय गरे त्यो पटक जनताले सबैलाई मिलिजुली काम गर्न मतदान गरे। एकलौटी दिएनन। तर ति भाईहरुले जे जे गर्ने भनेका थिए परिवर्तन गरे। मालिकलाई सदाको लागि बाटो बन्द गरिदिए। तर आफुहरु झै झगडामै रुमलिए। नीति भयो,नियम भयो तर कार्यान्वयन तह बनाउन सकेनन। अव त सबै भाई एउटै जस्तो भए।

ती सबै भाई मध्य एक भाई निकै चलाख थियो। उसलाई जहिले पनि अगाडी आउने अनि आफु ठूलो हुने चाहना थियो। बानी पनि त्यस्तै थियो। उसले आफ्ना सन्तानलाई सही रुपमा लालन पालन गर्न नसकेर सबै उसका सन्तानहरु लाखापाखा लागेका थिए। त्यसमा पनि एक भाई विद्रोही भएर गयो।अनि अरु भाईहरु तितर वितर भएकोले उसले अर्को अर्को छिमेकी बदल्दै गयो र छिमेकी संग मिलेर असोचनीय निर्णय समेत गर्यो।फेरी साना साना गाउँको नेता छान्ने सवालमा फरक विचार भएको छिमेकी संग सहमति गरेपछि उसले त्यहाँ धोका पाएको अनुभुति भयो। केहि समयपछी पुरै राज्यको नेता छान्नका लागि चुनाव हुने भयो। उसले फेरी छला· मारेर बुढा हजुर बुबाको छोरा दाजु संग मिलेर जाने निर्णय गर्यो र गयौ पनि। उनीहरु अबत पुरानो अंश एकै ठाउँमा मिसाए।

अब बलियो भए। उनीहरुको सामु अरुको के चल्नु र ? उनीहरुले पुरै राज्यको नेतृत्वको लागि जिते। विद्रोही भाई विद्रोहमा नै थियो। उता पुरानो छिमेकी जो राज्यसत्तामा सधैजसो थियो। जनताहरुले उसलाई यो पटक बाहिर राख्ने विचार गरे। सत्ताको खेल अनि भाग बन्डाको खेल मात्र थियो। वास्तविक रुपमा सम्पति मिलाउने रहर त थिएन होला।आफु आफुमा झै झगडा मै रुमलिए काम गर्न सहज थिएन। किनकि दुबै भाईको आफनो आफनो स्वार्थ थियो के मिलोस। खाने कुरा देखि मालिक हुन पनि सहमति भएन। ति भाईहरुलाई सधै संगै बस्न नदिने सायद छिमकीको पनि त रहर थियो कि फुटालेर छाडे।

हाल त ती भाईहरु एक अर्कामा निकै लडाई अनि काटाकाटको अवस्थामा पुगेका छन्। एक भाईले के के कुरामा सहमति गराए खोई विद्राही भाईलाई क्षेणिक समयका लागि भए पनि वार्ता गरेर ल्याएका छन्। ति अरु भाईहरुले आफनो सम्पति लिएर आ-आफनै अवस्थामा पुगेका छन्। अहिले त दुबै भाईहरुले अरु छिमेकीहरुलाई नेतृत्व लिन आग्रह गरिरहेका छन्। आफनो सन्तान अनि भाईहरुलाई लालन पालन नगरेको कारण जेठो भाइलाई निकै संकट परेको छ। सबैले छिमकी माईलालाई नि कता कता छिमेकी साईलाई फकाईरहेका छन्।

यसबाट के जानकारी भयो भने भाई भाईको फुटको कारण घर तितरवितर हुन्छ अनि छिमेकीले खेल्न पाउछन् । अर्को कुरा स्वार्थी सोचको कारण पनि स्थायी मिलन हुदैन।उता छिमेकी माईलालाई नेतृत्व ५ वर्ष नगर्न गाउँलेहरुले बाहिर राखेपनि उ किन हतार गरेको होला ? पढन लेख्न जा।