अध्यक्ष सेजुवालद्धारा बालविकासको भवन सिलान्यास

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका-६ को तोलिभिडमा वालबिकासको भवन सिलान्यास भएको छ। सुक्रवार गाउँपालिकाका अक्ष्यक्ष खड्गराज सेजुवालले उक्त भवनको सिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाखको लगानिमा उक्त वालविकासको भवन निर्माण हुन लागेको हो। वालवालिकाहरुलाई सहज तरिकाले पठनपाठन गराउने हेतुले उक्त भवनको निर्माण हुन लागेको अक्ष्यक्ष सेजुवालले बताए।यसअघि जस्ता पाताको छानामा बस्दै आएका वालवालिकाहरु पक्की भवन वन्ने भएपछी खुसि भएका छन्।

कालिकोटको पचालझरना गाउँपालिकाले निषेधाज्ञाको समयमा सामाजिक दुरी कायम गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिईरहेको छ।