५० लाख डोज कोभिसिल्ड खरिद गर्न सम्भव छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थामा सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नभएको बताएको छ।

शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ती जारी गर्दै नेपालले खरिद गरेर आउन बाँकी १० लाख डोज भने कम्पनीको क्षमता विस्तार भएसँगै आउने बताएका छन्।

सो कम्पनीमा भएको आगलागी हुनुका साथै क्षमतामा विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने वित्तिकै कम्पनीले आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई छैन ।’ विज्ञप्तीमा उल्लेख छ।