नेपालमा थप ९१९६ जनामा कोरोना पुष्टि

थप ५० जनाले ज्यान गुमाए

काठमाडौं,नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ।

१९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ।

जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन्। बितेको २४ घण्टामा कोरोनाकै कारण ५० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।