मुख्य समाचार Archive

तनहुँमा घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु
तनहुँ, तनहुँको भिमाद नगरपालिका– ५ बाँदरकुनामा खोलाले बगाएर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ बाँदरकुना घर भएकी ३५ वर्षीया पञ्चमाया गुरुङ छन् । मंगलबार बिहान घर नजिकै घाँस काट्न गएकी गुरुङको
खुकुरी प्रहार गरी श्रीमान्को हत्या पछि श्रीमति पक्राउ
खोटाङ,खुकुरी प्रहरी गरी आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेकी ५० वर्षीया मेनुका राई ५० वर्षकै श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा पक्राउ परेकी हुन् । मेनुकाले सोमबार

दाङमा कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ
कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही निवासी दिपक न्यौपानेलाई पक्राउ गरेको हो । उनले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएकाले पक्राउ
एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ
धनगढी,१७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र

३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयर
काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं , सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय लिएको हो।

कोरोना पछिको नेपालको रोडम्याप…
पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ?

भारतमा वैशाख २१ सम्म लकडाउन, मोदीले भने अझै धैर्य गरिदिनुस्
काठमाडौं,भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्। २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार पुग्यो , ३ सय २४ को मृत्यु
काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यसमध्ये ३२४ जनाको मृत्यु भइसकेको छ । ९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् । दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं,काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगी लगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग

