अब दैनिक ३ वटा गाडीबाट पैदल यात्रुको उद्धार गरीने

कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रिसा) बीच भएको छलफलले दैनिक ३ वटा गाडी परिचालन गर्ने निर्णय गरेको हो ।लकडाउनका कारण पैदल यात्रा गर्न बाध्य नागरीकको उद्धारकालागि कोहलपुर क्षेत्रमा ३ वटा बस संचालनमा आउने भएका छन । शनिबार कोहलपुर नगरपालिका र 

कोहलपुर नगरपालिकाको आग्रहमा क्रिसा बाँकेमा आवद्ध विद्यालयहरुले पैदल यात्रामा रहेका ब्यक्तीको उद्धारकालागि गाडी सहयोग गर्ने भएका हुन । बन्दाबन्दीका कारण बेखर्ची भएर फर्कीरहेका अलपत्र पैदल यात्रीहरुलाई उद्धार गर्न प्रत्येक दिन ३ वटा स्कूल वस दिन क्रिसा तयार भएको हो ।

बाटोमा अलपत्र परेकाहरुलाई उद्धार गरी सम्बन्धित जिल्लाको सिमा नाकासम्म पुर्याउन विद्यालयका बसहरु प्रयोग गर्ने सहमती भएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए ।

कोहलपुर हुँदै प्रदेश नं. ५, ६ र ७ का बिभिन्न जिल्ला जान हिडेका प्रदलयात्रुहरुको सँख्या बढ्दै गएपछि यस्तो निर्णय गरीएको रावतले बताए ।