सिमा नाकामा कडाई गर्न बाँकेका बिभिन्न ४ स्थानमा चेक पोष्ट

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सिमानाकाको चेकजाँचलाई कडाई गर्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको छ । कोरोना महामारीको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतिय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न बिभिन्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको हो ।

कार्यालयले भगवानपुर (हुलासपुरुवा), सुईया (दश गजा नजिक), कापाफाँटा (कोटिया(, नरैनापुर (घरधौरिया) मा चेकपोष्ट स्थापना गरेको बताएको छ । त्यस्तै सशस्त्र प्रहरी सहितको टोलीले सिमा नाका चेकजाच गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रहने बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले लकडाउनअबधीभर चेकजाँचलाई कडाई गर्ने समेत जनाएको छ ।