पैसा फाल्दै हिड्ने दुई महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम,  सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई आज धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । शुक्रवार जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलालाई घटना घटेको २४ घण्टा भित्रै आज प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका थिए ।  शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोकवासीहरुको भनाई छ । स्थानीयले खबर गरे लगतै धनुषा प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले कसरी कहाँ बाट पक्राउ परेको न खोले पनि धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेशवर कार्कीले न्यूज २४ संग भन्नुभयो , ’ महिला पक्राउ परीसकेका छन् र यति बेला हामी अनुसन्धानमा केन्द्रित छौ । ’

पक्राउ परेकी ति दुवै महिलालाई यतिबेला जिल्ला प्रहरी कार्यालयमा राखिएको र बयान लिने कार्य भई रहेको श्रोतले जनाएको छ । यता घटनालाई लिएर स्थानीय त्रसित भएका छन । किन र कुन उद्धेश्यले पैसा फालिएको हो भन्ने अनुन्धान पछि खुल्ने उनीहरुको विश्वास छ ।