नेपालगन्ज आइसोलेसनमा राखेका एक बिरामीको निधन

नेपालगन्ज, बाँके आइसोलेसनमा राखेका एकजना बिरामीको मृत्यु भएको छ । शनिबार बिहान उपचारकै क्रममा ४२ वर्षिय पुरुषको निधन भएको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा. रोमन किदवाईले पुष्टि गरे ।

कोरोना संक्रमणको आशंकमा उनलाई बिगत २ दिनदेखी नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा राखेको थियो ।  जिल्ला जनस्वास्थ्य बाँकेका अनुसार मृतकको स्वाव परिक्षण नहुदासम्मा शब दाहसंस्कार गर्ने नगर्ने भन्ने बिषयमा छलफल भइरहेको बताइएको छ । 

मृतकको शव नेपालगन्ज मेडिकल कलेजकै शवगृहमा राखिएको छ ।