देश Archive

ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं,नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।प्रतिनिधि

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ

बलात्कारीलाई १८ वर्ष कैद सजायको फैसला

राजविराज,तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । संसदीय दलका नेता रहेका ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब पाउने

काठमाडौं,नेपालले वन संरक्षणमार्फत् उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब ४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ ।वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको

अझै पत्ता लागेनन् बेपत्ता दम्पती

जलेश्वर,चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेको छैन ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै

पूर्वमन्त्री जोशीको अप्रेसन

काठमाडौं,मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अप्रेसन गरिएको छ ।पारिवारिक स्रोतका अनुसार नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको हो । अहिले उनलाई आईसीयू वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्था भने जटिल रहेको चिकित्सकहरूले जनाएका

सर्वोच्चलाई सभामुखको जवाफः संवैधानिक परिषद्को बैठक जालसाजीपूर्ण

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले गरेको निर्णय संविधान विपरित जालसाजीपूर्ण भएको बताएका छन् ।संवैधानिक परिषद्को निर्णयबारे वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

पार्टीको धारणा र नेताहरुको विचार आधिकारिक ठाँउबाट बुझौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं,प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार आधिकारिक ठाँउबाट बुझ्न अनुरोध गरेका छन् ।उनले सञ्चार माध्यममा आएका सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्नुपर्ने बताए । सञ्चार माध्यमको दृष्टिकोण ,धारणा