सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं,सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।

आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए।

दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेको बताइएको छ।