गत वर्षको आर्थिक वृद्धिदर नकारात्मक

काडमाडौं,गत आर्थिक वर्ष वर्ष २०७६र७७ मा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जताएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत् विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको जानकारी दिएको हो।

चालू आवको पहिलो त्रैमासको वृद्धिदरसमेत ४.६ प्रतिशत ऋणात्मक देखिएको छ।यस्तै, विभागले कूल ग्राहस्थ उत्पादन (जिडिपी)को वार्षिक मापनको आधार वर्ष परिवर्तन गर्ने घोषणा गरेको छ। हालसम्म आर्थिक वर्ष सन् २०००र२००१ को मूल्यमा कूल ग्राहस्थ उत्पादनको मापन हुँदै आएको थियो।

तर, पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएको भन्दै विभागले आधार वर्ष परिवर्तन गरेको हो।अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै आएको र परिवेश पनि फेरिएको भन्दै विभागले सन् २०१०र२०११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको छ। यसबाट मुलुकको जीडीपीको आकार पनि बढ्ने बताइएको छ ।