कर्णाली करिडोरमा पुनः फेरि संन्चालनमा

मान्म,कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडा स्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ।वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा आएको हो।

सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो।जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गर्नुभएका स्थानीयवासी अनन्त बरालले बताए।उनले भने, “कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो। साना तथा ठूला सवारीसाधन ओसारपसारमा स्थानीयवासीलाई सास्ती हुने गरेको थियो।”

पुनःनिर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ।सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनःसञ्चालनमा आएको हो।

कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यानुपर्ने अवस्था थियो।जितेबजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ।