विप्लवमाथिको प्रतिबन्ध फुकुवा

भोली प्रधानमन्त्री र विप्लवले एकै समारोहलाई सम्बोधन गर्ने

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ।

दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको छ।

आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन्।

वार्ताको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिनेछ। सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने जारी प्रेस नोटमा उल्लेख छ।