कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।

पुनःस्थापित प्रतिनिधि सभा बैठकमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेकी छन्।

विभाजित नेकपाका प्रचण्ड९नेपाल पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए पछि हट्न नहुने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा जान हतार गर्न नहुने पक्षमा छन्।