३० लाख सहित दुई हुन्डी कारोबारी पक्राउ
प्रकासित मिति : २०७८ भाद्र १५, मंगलवार १९:४४
प्रकासित समय : १९:४४
काठमाडौं, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर–१८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिनप्रसाद गौतम र सोही पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।
उनीहरूको साथबाट ३० लाख ७ हजार रुपैयाँ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुन्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।