“स्वार्थ र अनुकुलता”
संसारले स्विकारने
सबैले चिने तिमीलाई,
तर वस्तविकता भित्रो चित्रमा,
कुण्ठा पालेका धोकेबाज लाई,
छेउ मै हुदा पनि नचिनिने,
छुटिएर गयो ,टाढा
परिस्थितिलाई दोष दिएर,
अनुकुलताको खेती गर्न ,
तर म भन्छु,
परिस्थिति हैन
मनस्थिति भित्रको चहाना थियो,
छुटिने म सग।
कसैलाई लक्ष्य उपहार दिएर ,
आफु गन्तव्य बिनाको यात्री भए,
उत्साहलाई लिलाम गर्दै
पटक पटक मरेर जीवित भए,म।
आशा भित्र बलेको दियोमा
तेल हैन,
पानी हालेर हिडेयो तिमी।
भावनामा कुठाराघात भयो
जीवनको फुलवारीमा सुख्खा छायो
माली बिनाको हेरचाह भयो,
प्रशन्ता भित्रको खुसी बाढ्न ,
जति सजिलो भयो,
बिछोड र घृणाको जीवन बित्तन र
वाच्न उत्तिनै कठिन भयो।
कहिले जीवन सफलता शिखर हो,
कहिले असफलताको चाङ रहेछ,
ईन्द्रेणीको रङ्ग झै देखीने रङ्गिन जीवन
तिमी बिना फिका फिका भयो,
यसरीनै माया बिना तडपीएका मेरा मन,
तिमी बिना शुन्य शुन्य भयो।