रमेश प्रसाईले शुरु गरे नन्दासँग वैवाहिक जीवन
प्रकासित मिति : २०७७ मंसिर २२, सोमबार १७:०४
प्रकासित समय : १७:०४
काठमाडौं, चर्चित वक्ता एवम गायक रमेश प्रसाई वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका– १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको छ ।
बिवाह समारोहमा दुबैतर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको उपस्थिति रहेको थियो । तीन वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा बदलेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुशी देखिन्थे ।
उनको स्वरमा रहेको ‘रिंकेबुङको राँगो’ बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर चर्चामा छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आएकी छन् ।