यसरी आउदैछ बजारमा शाहीको ‘ज्यानै दिने मान्छे’
प्रकासित मिति : २०७६ फाल्गुन १४, बुधबार १९:११
प्रकासित समय : १९:११
नेपालगन्ज,गायक राजबाबु शाहीको पहिलो प्रस्तुती ‘ज्यानै दिने मान्छे’ बजारमा आउने भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा म्युजिक भिडियो छायाँकन गरीएको उक्त गित बजारमा आउने लागेको दुर्गा खत्रीले जानकारी दिएकी छन ।
खत्रीका अनुसार केही समय लगत्तै बजारमा आउन लागेको ज्यानै दिने मान्छे गितको म्युजिक भिडियो पर्यटकीय नगरी गाभर भ्यालीमा छायाँकन गरिएको छ ।
गायक राजबाबु शाहीले पहिलो प्रस्तुतीक रुपमा उक्त गित बजारमा ल्याउने तयारी गरेका छन । राजबाबु शाही र संगिता सुमनको आवाजमा तयार पारीएको गितको म्युजिक भिडियोमा दुर्गा खत्री र मिलन विकले मुख्य भुमिका निभाएका छन ।
गणेश कुमार मुस्कानको शब्द तथा दल बहादुर र मोती मुस्कानको संगित रहेको उक्त गितको म्युजिक भिडियो यहि फागुन १६ गते युट्युवबाट सार्वजनिक गरीने बताईएको छ ।