जनताको उपचारमा सहज पहुँचका लागी एम्बुलेन्स सेवा सुचारू
प्रकासित मिति : २०७६ श्रावण २८, मंगलवार ०७:०२
प्रकासित समय : ०७:०२
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनताको उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सुरू गर्ने भएको छ ।गाउँपालिकाले जनताको उपचार सेवामा सहज सहजताका लागि मंगलबारदेखि एम्बुलेन्स सेवा सुचारू गर्ने भएको हो ।
दुर्गम क्षेत्रमा आकस्मिक उपचारको हुन आउने समास्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाको लागी एम्बुलेन्स सेवा सुरू गरेको गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए । सेजुवालका अनुसार मंगलबारदेखि नै सेवा अौपचारिक रूपमा सुभारम्भ हुने बताइएको छ ।
कालीकोटका पलाता, तिलागुफा नगरपालीकाले पनी यस अघि एम्बुलेन्स खरिद गरिसकेका छन ।