यसरी परे अदालतकै कर्मचारी अख्तियारको फन्दामा
प्रकासित मिति : २०७६ बैशाख २१, शनिबार २३:३७
प्रकासित समय : २३:३७
नेपालगन्ज,बाँके मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनलाई चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट शनिबार नियन्त्रणमा लिइएको बुटवलस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख उपसचिव गणेश गैरेले जानकारी दिए । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर एकका स्थायी बासिन्दा पाठकमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।