अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो बैठक सम्पन्न, निर्णय के छन् ?

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । आतबार देखी काठमाडौंको बालाजु इन्जिनियरिङ कलेजमा सुरु भुएको केन्द्रीय समितीको चौथो पुर्ण बैठक मंगलबार सम्पन्न भएको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईको अध्यक्षतामा, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख आथित्यता, केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज पुर्ण बहादुर सिंह ‘समरजंग’ आथित्यतामा बसेको उक्त बैठकमा देशैभरबाट विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त वैठकले संगठनात्मक निर्णय देखी आगामी शैक्षिक संघर्षका बिषयमा महत्त्वपूर्ण निर्णय लिइएको सङ्गठनका केन्द्रीय महासचिव रुपा बुढामगरले जानकारी दिनुभयो ।

बैठकले सङ्गठनको केन्द्रीय सचिबमा दिपक बिष्टलाई चयन गरेको छ । उननि सङ्गठनका निवर्तमान कोषाध्यक्ष हुन् । त्यस्तै कोषाध्यक्षमा भने सङ्गठनका तत्कालीन कार्यालय सदस्य सुरेन्द्र बस्तेतलाई चयन गरिएको छ ।

त्यस्तै वैठकले सङ्गठनको केन्द्रीय कार्यालय सदस्यमा ९ जनालाई थप गरेको छ । जसमा नवीन खड्का, डिबि शाही, गोबिन्द बिष्ट, सुरेन्द्र धानुक, रमेश शुनार, प्रेम प्रशान्त बोहरा, बिकल्प खत्री, हरि बिष्ट र निराजन किरातीलाई चयन गरेको हो । साथै सङ्गठनको सचिबालय समेत गठन गरिएको महासचिब बुढामगरले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रसान्त बोहरालाई केन्द्रीय कार्यालय अन्तर्गत रहने निर्णय गरेको छ । भने लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य इन्दु वलिलाई तोकिएको छ । अन्य नेताहरुको जिम्मेवारी भने यथावत रहेको बुझिएको छ ।

बैठकले सङ्गठनको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन-२०७९ सहभागी भएर बिजयी भएकालाई अभिनन्दन गरेको सङ्गठनका सचिवालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव राजन साउदले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले दुई महिने विशेष अभियान सन्चान गरेर शिक्षा क्षेत्रमा देखिएका समस्याको विषयमा व्यापक जनसंघर्ष सन्चालन गर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।

संघर्षका कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका तमाम समस्याको विषयमा प्रारम्भिक रुपमा व्यापक छलफल तथा अन्तरक्रिया गर्ने, विश्वविद्यालयको प्रश्नपत्र नेपाली भाषामा समेत तयार गर्न संघर्ष गर्ने, शैक्षिक क्यालेन्डर र नियमित पठनपाठन गराउन संघर्ष गर्ने सङ्गठनले जनाएको छ ।

त्यस्तै जनप्रतिनिधी, नेता, मन्त्रीको लगानीमा सन्चालित निजी विद्यालयको विरुद्ध संघर्ष गर्ने, विदेशी विश्वविद्यालयको अनुमतिबाट नेपालमा सन्चालित कलेजको बेथिती बिरुद्ध संघर्ष गर्ने, सिटिइभीका भित्रका चरम बेथिती बिरुद्ध संघर्ष गर्ने, निजी विद्यालयले गरेको शुल्क वृद्धी, कमिसनको लागी बर्षैपिच्छे पाठ्यपुस्तकको पब्लिकेसन परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकमा आर्थिक शोषण गर्ने विद्यालय विरुद्ध संघर्ष गर्ने समेत निर्णय गरिएको समेत बुझिएको छ ।