लेनिनको शव परिक्षा

लेनिनको मृत्यु भएको ९७ बर्ष पुगिसकेको छ। तर उनको शव अहिले पनि रुसको राजधानी मस्कोको रेड स्क्वायरमा सुरक्षित रहेको छ। अझै पनि लेनिन प्रति श्रद्धा व्यक्त गर्न चाहने मान्छेहरु लाइन लागेर उनको शवको दर्सन गर्छन र श्रद्धान्जली व्यक्त गर्छन। कोरोना महामारीको बेला ६ महिना सम्म लेनिनको समाधि बन्द गरिए पनि अहिले फेरी खोलिएको छ।लेनिनको मृत्यु जनवरी २१, १९२४ मा भयो। रुसी लेखक एलेकस युरचाकका अनुसार लेनिनको मृत्यु पछि उनको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम क्रममा लेनिनको शरीरका धमनी र नसाहरु काटिए। जबकि शव लाई संरक्षण गर्ने हो भने धमनी र नसा बाट शवलाई संलेपन गर्ने रसायनहरु शरीर भरि पठाउन सजिलो हुन्थियो। सायद लेनिनको मृत्युको लगत्तै पछि पनि उनको शरीर लाई संरक्षण गर्ने योजना बनिसकेको थिएन। पोस्ट मोर्टम पछि चिकित्सकहरुले अन्त्येष्टि सम्मको अल्पवधीका लागि लेनिनको शरीरलाई संलेपन गरे। मृत्युको ६ दिन सम्म उनको शरीर लाई जनताले श्रद्धान्जली अर्पणको लागि ट्रेड युनियनको भवनमा राखियो। देश भित्र बाट ठुलो संख्यामा मानिसहरु लेनिनलाई अन्तिम बिदाई गर्न आउन थाले। मस्कोको जाडोमा घन्टौ लाम लागेर मानिसहरुले श्रद्धान्जली अर्पित गरे। जनवरी २७ मा भब्य समारोह पछि लेनिन लाई समाधिस्त गरियो। समाधिस्त गर्नुको मतलब ट्रेड युनियन भवन बाट रेड स्क्वैयरमा बनाइएको काठको अस्थायी समाधिमा राखियो। मस्कोको चिसो मौसममा मार्च महिना सम्म लेनिनको शव सुरक्षित नै रह्यो। तर मार्चको अन्त्य तिर जव गर्मि सुरु भयो शव बिग्रिन थाल्यो।

यी दुई महिना बीचमा लेनिनको शव लाई के गर्ने भनेर सोभियत नेताहरु बीच छलफल र बहस हुन थाल्यो। लेनिनको मृत्यु हुदा यसरि उनको शवलाई सुरक्षित गरिने कुरा कसैले पनि सोचेका थिएनन्। लेनिन कि पत्नी नाजेदा क्रुप्स्कायका अनुसार लेनिन आफ्नो मृत्यु पछि आफुलाई आफ्नी आमाको चिहान नजिक गाडियोस भन्ने चाहन्थे। जुन सेन्ट पिटरसबर्गको भोल्कोभस्कोई समाधिस्थलमा रहेको छ। यो समाधिस्थल बुद्धिजीवी, साहित्यकार र प्राज्ञहरुको अन्तिम बिश्रामस्थलको रुपमा प्रख्यात छ। त्यस्तै ट्रोटसकी र बुखारिनले पनि लेनिनको शवलाई सुरक्षित गरिनु धर्मको अवशेस हो भन्दै यस्तो कुरा कम्युनिस्टहरुले सोच्ने नसक्ने कुरा भनेर बिरोध गरे। अर्का सोभियत नेता भोरिसिलोवले यदि लेनिनको शव सुरिक्षत गरिन्छ भने हामी मार्क्सवादी लेनिनबादी नै रहदैनौ भनि बिरोध गरे। त्यस्तै अर्का नेता बोंच ब्रुयेभिचले लेनिनको शब लाई दफ्नाएर त्यसै लाई समाधि बनाउने प्रस्ताब गरे। जसलाई पोलिटब्युरोका बहुमतले समर्थन गरेका थिए। तर स्टालिन र उनका समर्थकहरु भने लेनिनको शव लाई सुरक्षित राख्न चाहन्थे। त्यस बीचमा सोभियत नेताहरु बीच शव सुरक्षित गर्ने अनेक बिधिका बारेमा चर्चा भए। कसैले शव लाई माथि सिसाको ढक्कन भएको धातुको बाकसमा संलेपन गर्ने रसायनमा डुबाएर राख्ने सुझाब दिए भने कसैले चिसोमा फ्रिज गर्ने र कसैले एउटा सिसाको पारदर्शी क्याप्सुलमा नाइट्रोजन ग्यास भरेर राख्ने सम्मका सुझाब दिए। अन्त्यमा चिकित्साशास्त्रका प्राध्यापक ब्लादिमिर भोरोबियेव र बायोकेमिस्ट बोरिस जबारस्कीले संलेपनको बिधि बिकास गरे। यहि बिधि लाई लेनिनको शव संरक्षण गर्न प्रयोग गरियो।

लेनिन भन्दा अगाडी अनि थुप्रै मानिसको शव संरक्षण गरिएको थियो। ती मध्ये मिश्रका पिरामिडमा रहेका ममीहरु प्रख्यात छन्। त्यस यता पनि अनेकौ ठाउमा शव संरक्षण गर्ने काम गरिदै आएका थिए। तर लेनिनको हकमा बिकास गरिएको बिधि पहिला शव सुरक्षित गर्न प्रयोग गरिएका बिधि भन्दा फरक थियो। पहिला प्रयोग गरिएका विधिहरुमा सुरुमा एक चोटी संलेपन गरेपछि शव सधैको लागि सुरक्षित हुन्थियो। तर यो विधिमा निरन्तर संलेपन कार्य गरिराख्नु पर्थ्‍यो। बिगतमा शव संलेपन गरिदा शरीरको बास्तबिक पदार्थलाई सुरक्षित राख्ने तर त्यसको रुप र आकृतिमा ध्यान दिईदैन थियो। तर लेनिनको शव संलेपन गर्दा भने शरीरको भौतिक रुप र आकृति लाई बढी ध्यानमा राखिन्थियो न की त्यसको जैविक पदार्थको सुरक्षामा। सोबियत संलेपन बिधिमा शरीरको रुपरंग, आकृति, वजन, जोर्नीको लचकता कायम राख्नमा जोड दिईन्थियो। यसकारण यो संलेपन बिधि लाई अर्ध जैविक बिधि पनि भनिन्छ।

लेनिनको शव सम्रक्षनमा एउटा अनुसन्धान प्रतिष्ठान नै संलग्न छ। लेनिनको शव लाई हरेक डेढ बर्षमा एक पटक विभिन्न संलेपन रसायनमा केही हप्ताको लागि डुबाएर राखिन्छ। र अरु बेला पनि सार्बजनिक प्रदर्शनको क्रममा लेनिनको कपडा मुनि रबरको दोहोरो पत्र भएको सुट लगाइएको हुन्छ। जसको माध्यम बाट संलेपन द्रब्यको पातलो तहले शरीरलाई ढाकेको हुन्छ। लेनिनको शव संरक्षणको क्रममा कहिलेकाही खराब भएका छालाको टुक्रा, मांसपेसी लाई प्लास्टिक वा त्यस्तै कृतिम पदार्थले प्रतिस्थापन गरिन्छ। सुरुवाती संरक्षणको क्रममा लेनिनको नाक अति चिसोको कारण खराब भएको थियो त्यस लाई पुननिर्माण गरियो त्यस्तै आँखी भौ नस्ट भएको थियो जसको ठाउमा नक्कली आँखी भौ राखिएको छ। उनको खुट्टाको छाला खराब भएको थियो त्यसलाई पनि कृतिम पदार्थले प्रतिस्थापन गरिएको छ।

सोभियत संघ बिघटन पछि रुसका नया शासकले लेनिनको शवलाई गाड्न खोजे। तर कम्युनिस्टहरुको बिरोधको कारण सम्भव भएन। त्यसबेलाको रुस सरकारले लेनिनको शव संरक्षण कार्यमा लागेको ल्याबको बजेट पनि कटौती गर्‍यो। तर जनताले स्वतस्फुर्त रुपमा संकलन गरेको चन्दाले यो कार्य जारि रह्यो। अहिले पुटिनले फेरी त्यसको बजेट सुचारु गरेका छन्। तर अचेल रुसमा लेनिन त्यति लोकप्रिय छैनन्। उनि भन्दा बरु स्टालिन बढी लोकप्रिय छन्। लेनिनका बारेमा प्रतिक्रिया दिदै पुटिनले भनेका थिए – लेनिन क्रान्तिकारी नेता हुन् तर उनले रुसको बिभाजनको जग खडा गरेका थिए। लेनिनको शव कहिले सम्म संरक्षित हुन्छ भन्ने कुरा राजनीतिमा भर पर्ने कुरा हो। लेनिनको शव जति पुरानो भयो त्यति नै सुन्दर हुदै गइरहेको छ। लेनिनको शव संरक्षण बिज्ञान र कलाको अद्भुत संयोजन हो। यसलाई अनन्त काल सम्म पनि संरक्षण गर्न सकिन्छ।