एमसिसि विरुद्ध बाँकेमा प्रद्धशन हुदैँ

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना विरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ ।

पार्टीले देशब्यापी घोषणा गरेको साताव्यापी कार्यक्रम अनुसार बाँकेमा आज शुक्रबार बैजनाथ, नेपालगन्ज र खजुरामा नेकापाले विरोध प्रद्धशन गर्न लागेको हो ।

सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्ने षड्यन्त्र गरेर राष्ट्रियता माथि घात पुर्याएको भन्दैँ नेकपाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भोली २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।