नवनियुक्त प्रधानसेनापति शर्माले लिए शपथ

काठमाडौं, नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी शर्माले सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको जानकारी दिएको छ । समारोहमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह समेत प्रदान गरेकी छन् ।