काबुल विमानस्थलमा फेरि चल्यो गोली

काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल प्रवेश गर्ने गेटमा फेरि फायरिङ गरिएको खबर आएको छ । फायरिङपछि भागदौड मच्चिएको छ । त्यहाँ अश्रुग्याँस पनि प्रहार भएको छ ।

न्युज एजेन्सीहरूका अनुसार फायरिङ कसले गर्‍यो, अहिलेसम्म प्रष्ट हुन सकेको छैन । यसअघि आजै अमेरिकाले त्यहाँ आक्रमणको खतरा रहेको भन्दै चेतावनी जारी गरेको थियो ।

बिहीबार मात्र त्यस विमानस्थल नजिक विष्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो । मारिनेमा १३ जना अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए । बाँकी अफगानी नागरिक थिए ।