यसकारण गाउँपालिकामा विप्लव नेकपाको एक घण्टे धर्ना

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ । गाउँपालिका अन्तर्गतको राप्ती लगायतका नदिमा अबैध रुपमा उत्खनन गरिएको नदिजन्य पदार्थलाई जनताको सम्पत्ती घोषणा गर्न माग गर्दै मंगलबार एक घण्टा धर्ना दिएको हो ।पार्टीको राप्तीसोनारी एरिया कमिटीको आयोजना बाँके जिल्ला सेक्रेटरी अनिल क्षेत्रि र एरिया इन्चार्ज महानको नेतृत्वमा गएको टोलिले गाँउपालिका कार्यालयको गेटमा नै बसेर बिहान प्राकृतिक स्रोत माथिको दोहन बन्द गर, नदिजन्य पदार्थको मनोमानी उत्खनन बन्द गर, अबैध रुपमा उत्खनन गरिएको नदिजन्य पदार्थलाई जनताको सम्पत्ती घोषणा गर लगायतका नारा सहितको प्यालेकाड सहित करिब १ घण्टा धर्ना दिएको हो ।राप्तीसोनारी गाँउपालिका अन्तर्गत पर्ने विभिन्न नदि तथा खोलाहरुबाट अवैध रुपमा नदिजन्य सामग्री ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य नरोकीएको भन्दै नेकपाले विरोध स्वरुप धर्नाको कार्यक्रम आयोजना गरेको जनाएको छ ।ठेक्का सम्झौतामा तोकिएको मापदण्ड भन्दा पनि कैयौं गुणा बढी नदिजन्य पदार्थ मनोमानी रुपले विभिन्न नदिबाट उत्खनन् गरी अबैध रुपमा सामुदायिक बन, सार्वजनिक जग्गा, नदिकिनारमा भण्डारण गरीएका नदीजन्य सामाग्रीको व्यवस्थापनमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै गाउपालिका कार्यालयमा धर्ना दिनु परेको बताइएको छ । साथै पावर पहुचकै आडमा अमानत सम्झौताको नाममा सस्तो मुल्यमा करोडौं मुल्यको पर्ने नदिजन्य पदार्थको मनोमानी उत्खनन् प्रति पनि नेकपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत नेकपाले जनाएको छ ।यस संग सम्बन्धित सरोकारवाला निकाय जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र राप्ती सोनारी गाउँपालिकालाई पटकपटक मौखिक सुझाब तथा लिखित रुपमा ज्ञापन पत्र बुझाउदा समेत लामो समय सम्म सरोकारवाला निकाय मौन देखिएपछि दवाव स्वरुप पहिलो चरणमा शान्तिपुर्ण रुपमा धर्ना दिएको नेपाल कम्युनिस्ट पार्टी बाँकेका नेता दिपक बढाथोकिले जानकारी दिए ।उनले सत्ता र शक्तिकै वलमा मनोमानी ढंगले उन्खन गरि थुपारेर राखिएको नदिनज्य पदार्थलाई तत्काल जनताको सम्पतिको रुपमा घोषणा नगरिए जनताको प्रतिनिधिको हिसावले आफ्नो पार्टीले बलपूर्वक कब्जा गर्ने समेत उनले चेतावनि दिए ।केही समय पहिले नेकपा पार्टीका जिल्ला सेक्रेटरी अनिलले पत्रकारहरु सँगको भेटघाटमा जिल्लाको राप्तीसोनारी अन्र्तगत राप्ती नदी लगाएतका अन्य खोलामा लाभदायी ब्यक्ती तथा उत्खननको ठेक्का पाएका कम्पनीहरुले सम्झौता भन्दा बढि परिमाणमा नदीजन्य सामाग्री उत्खनन गरेर राज्यको सम्पत्तीमाथि चरम दोहन भइरहेको बताएका थिए । सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी राखिएका ढुङ्गा, गिट्टी, वालुवा अविलम्व जनताको सम्पत्ती घोषणा गर्न राप्ती सोनारी गाउपालिकासँग माग गर्दै नेकपाले यस विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समिति बाँके, वन डिभिजन कार्यालय बाँकेलाई समेत ध्यानाकर्षण गराएको बताएका थिए ।