एमालेको एकता भत्काउने मुख्य पात्र ओली हुन्ः मन्त्री थापा

सुर्खेत,कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री अमर वहादुर थापाले नेकपा एमालेको एकता भत्काउने मुख्य पात्र केपी ओली रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले ओलीको दम्ब र घमण्डका कारण पार्टि फुटको संघारमा पुगेको बताएका हुन् । मन्त्री थापाले माधव नेपाल पक्षलाई सदैव ओलीले सौतेनी व्यवहार गरेको बताए ।

ओली पक्षका नेता कार्यकर्ताहरु सधै सुर्य चिन्ह र पार्टिको नाम आफ्नो भएको बताउदा उराठ लाग्ने गरेको बताए । दैलेखमा एमालेको ३५ सय मत आउने बेलादेखि अहिले ५० हजार मत खस्ने बनाउदासम्म आफ्नो ठुलो योगदान रहेको बताए । सुर्य चिन्ह र पार्टिको नाम एमाले कसैको वाउको सम्पती नरहेको जिकिर गरे । कर्णालीमा आफुले प्लोर क्रस गरेर उतम गरेको भन्दै मन्त्री थापाले कर्णालीमा एमलाल कडेंल त झन केपि ओली भन्दा पनि आपराधिक चिन्तन भएको दावि गरेका छन् ।

 एमाले पार्टि फुटको नजिकमा पुग्नु एउटा दुःखद परिवेश भएको बताउदै मन्त्री थापाले माथी हेर्यो बर्षे झार,तल हेर्यो सर्के गाढ जाने ठाउ कतै नरहेकोमा दुःख प्रकट गरे । आफुले मन्त्री भएलगतै सनिबारे सुर्खेत नामक कार्यक्रम चलाएको र धेरै सनिबार सुर्खेतका स्थानिय तहमा पुगेर अवलोकन गरेको दावि समेत गरेका छन् । तानाशाही प्रविधिले पार्टिलाई खोक्रो बनाउने भन्दै लोकप्रिय बन्नको लागि त जनमत सिर्जना गर्नुपर्ने जिकिर गरे । 

केहि दिन यता देशैभर माधव समुहले आफ्नो संगठन विस्तारलाई पनि तिव्रता दिइरहेको र गाउँगाउँमा पुगेर संगठनलाई मुर्तरुप दिन थालिसकेको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्र वहादुर शाही सरकारलाई फ्लोर क्रस गरेर एमाले नेता थापा मन्त्री बनेका थिए ।