क्रान्तिकारी र शिक्षा समन्वय इकाई विच १६ बुदे सहमती (सहमति सहित)

यस्ता छन् सहमति

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ ।जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी अखिल (क्रान्तिकारी) जिल्ला समिती बाँकेद्धारा बुझाइएको ज्ञापनपत्रको समन्धमा शिक्षा समन्वय इकाई बाँकेको साथै जिल्लाका आठ वटै स्थानीय पालिका अन्तर्गतका शिक्षा शाखा प्रमुख लगायत अन्य सरोकारवाला संग आवस्यक छलफल पश्चात १६ बुदे सहमति भएको हो ।शिक्षा समन्वय इकाईको सभाहलमा संगठनले बुझाएको ज्ञापनपत्रमा उल्लेखित मागहरुको बिषयमा विद्यार्थी संगठनका जिम्मेवार प्रतिनिधि संग शिक्षा समन्वय प्रमुख, आठ वटै पालिका अन्तर्गतका शिक्षा शाखा प्रमुख, संस्थागत विद्यालयका जिम्मेवार संगठन प्याबसन, एनप्याबसनका जिम्मेवार व्यक्तित्व, शिक्षक महासंघ, शिक्षक संघ संगठन लगायतका सरोकारवालाको बिचमा दुई दिनको महत्त्वपूर्ण छलफल पश्चात सहमति भएको बताइएको छ ।उक्त सहमतिमा मापदण्ड विपरित शिक्षण संस्थाले मनोमानी र लगेको शुल्क अनुगमन, वैकल्पिक शिक्षालाई अनुगमन र व्यवस्थित गर्ने, शिक्षक तथा कर्मचारी तोकिएको न्युनतम पारिश्रमिक अनिवार्य रुपमा लागू गर्ने, छात्रवृत्तिलाई अनिवार्य र व्यावस्थित गर्ने, अनुमति विना सन्चालित शिक्षण संस्थालाई अनुगमन र नियमन गर्ने बिषयमा सहमति भएको छ ।

त्यस्तै सम्पूर्ण विद्यालयमा अनिवार्य रुपमा नागरिक वडापत्र राख्नुपर्ने, शिक्षक तथा कर्मचारी नियुक्ति निस्पक्ष तथा पारदर्शी ढंगले गर्ने, विद्यार्थीलाई यातायात क्षेत्रमा दिनुपर्ने ४५ प्रतिशत सहुलियत भाडादरको कार्यनयनको लागि पहल गर्ने लगायतको निर्णय गरिएको छ ।

छलफलमा विद्यार्थी संगठनको तर्फबाट संगठनका केन्द्रीय सदस्य तथा इन्चार्ज प्रेम बहादुर शाही, जिल्ला अध्यक्ष डिबि शाही, उपाध्यक्ष डिल्ली क्षेत्रि, राकेश दाहाल, सचिवालय सदस्य अमृता घर्ति र कोषाध्यक्ष जीवन बोगटी लगायतका विद्यार्थी नेता सहभागी थिए भने समन्वय समितीको तर्फबाट शिक्षा समन्वय इकाई प्रमुख राम शुरेश यादव, शाखा अधिकृत उद्धव प्रसाद श्रेष्ट, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्याल, वैजनाथ शाखा प्रमुख विश्वराज ढकाल, खजुरा शाखा प्रमुख खगेन्द्र मल्ल, जानकी शाखा प्रमुख प्रतिभा वलि, नरैनापुर शिक्षा शाखाका प्रास कमल केसी, राप्ती सोनारी गाउँपालिका शिक्षा शाखा कर्मचारी निशान्त थारुको उपस्थिति रहेको थियो ।

साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष पवन कुमार यादव, नेपाल शिक्षक संघका अध्यक्ष विरेन्द्र यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बामदेव सुवेदी र एनप्यावसनका प्रदेश कमिटी सदस्य कमल पछाई, प्याव्सनका जिल्ला अध्यक्ष राजेन्द्र आचार्य, कोषाध्यक्ष दिनेश शर्मा, एनप्यावसनका अध्यक्ष स्याम कुवर, उपाध्यक्ष चिरन्जिवी चन्द, सचिब झलक वलि लगायत जिल्ला तथा स्थानीय स्थानिय पालिकाका जिम्मेवार पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ विद्यार्थी संगठन संग गरिएको सहमति पत्र