शिक्षा समन्वय इकाई बर्दियामा लगाइएको ताला खुल्यो

यस्ता छन् सहमतिका नौँ बुदा

बर्दिया, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा समन्वय इकाई बर्दियामा लगाइएको ताला खुलेको छ । अखिल (क्रान्तिकारी) र शिक्षा समन्वय इकाई बर्दिया बिच बिहिवार ९ वुदे सहमती पश्वचात ताला खोलिएको हो ।विद्यार्थी संगठनद्धारा शिक्षा समन्वय इकाईलाई बुझाइएका शैक्षिक सुधारका १८ वुदे मागको सुनुवाई नभएको भन्दै केही दिन अघी तालाबन्दी तालावन्दी गरिएको थियो ।

बिहिवार भएको वार्तापछी शैक्षिक सुधारका लागि राखिएका अधिकाँस मागहरु पुरा गर्ने प्रतिवद्धता पति ताला खोलिएको अखिल क्रान्तिकारीले जनाएको छ । शिक्षा समन्वय प्रमुख रेविका अमात्य लगायतको टोली र विद्यार्थी संगठनका नेताहरुको बिचमा ९ वुदे सहिमती भएकाले ताला खोलिएको अखिल क्रान्तिकारीका नेताहरुले बताएका छन ।

वार्तामा बर्दिया जिल्ला प्याप्सनका अध्यक्ष तेजनाथ पौडेल, एन प्याप्सनका बर्दिया जिल्ला अध्यक्ष बुध्द गिरी, नगरपालिका, गाउँपालिका शिक्षा शाखा प्रमुखहरु लगायतका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । उनीहरुले पनि सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन ।

वार्तामा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा बर्दिया, बाँके र सुर्खेत जिल्ला इन्चार्ज प्रेम बहादुर शाही, संगठनका बर्दिया जिल्ला पुर्व अध्यक्ष लोकेशराज जोशी, जिल्ला अध्यक्ष हरी प्याकुरेल लगायतको सहभागीता थियो ।

यस्ता छन् सहमतिहरु