मध्यपच्शिम विश्वविद्यालयका उपकुलपतिले तत्काल राजिनामा दिनुपर्छः प्राध्यापक संगठन

सुर्खेत,संयुक्त प्राध्यापक संगठनले मध्यपच्शिम विश्वविद्यालयका उपकुलतिले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।मध्यपचिशम विश्वविद्यालयमा क्रियाशिल पेशागत संघ संगठनले सयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गर्दै राजिनामाको माग गरेका हुन् । यदि तत्काल राजिनामा नदिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ,मध्यपच्शिम विश्वविद्यालय समितिका अध्यक्ष रुपेश खत्रीका अनुसार विश्वविद्यालयलाई राजनिति गर्ने थलोको रुपमा उपकुलपतिले विकास गरेको आरोप लगाए । उपकुलपतिले राजनैतिक प्रशिक्षण गर्दै गरेको अडियो सामाजिक संन्जालमा आइसक्दापनि छानविन नभएको प्रति दुःख व्यक्त गरे ।

उक्त अडियो प्रकरणको सत्यतथ्य तत्काल वाहिर ल्याउनुपर्ने जिकिर गरे ।नेपाल प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङ्गले भने उपकुलपतिले क्याम्पसमा कर्मचारीका रुपमा आफ्नो मान्छेको भर्ति केन्द्र बनाएको र इमान्दार पुर्वक आफ्नो जिम्मेवारी सम्हालेका कर्मचारीमाथि दमन गरेर कार्वाही गरेको आरोप लगाए ।केही समयदेखि विश्वविद्यालय अनिच्शित तालावन्दी भएको छ । आन्दोलन दैनिक रुपमा भैरहेका छन् ।