कहिले बन्ला हनेटा टाकुरी खोलाको त्यो झोलुङ्गे पुल ?

बर्षौ देखि प्रतिक्षामा स्थानीय जनता, जनप्रतिनिधि भने मौन

काठमाडौं, दैलेखको ढुङ्गेश्वर गाउँपालिका वडां नं ३ हनेटाको टाकुरी खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको छ । ढङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने त्यस क्षेत्रका जनतालाई ढुक्क संग नदी ओहोरदोहर गर्न मिल्ने गतिलो पुल छैन । खोलामा कामचाउ रुपमा ओहोरदोहोर गर्न बनाइएको काठको पुलमा खत्रा मोलेरै भएपनि ओहोरदोहोर गर्नु पर्ने स्थानीयको बाध्यता छ ।

स्थानीयका अनुसार करिब २५ बर्ष पहिले कामचलाउ रुपमा बनाइएको काठले पुलमा हाल हाल सम्म पनि त्यहाँमा स्थानिय जनताले ज्यानको बाजि थापेरै त्यहाँका ओहोरदोहोर गरिरहेका छन् । हिउँदमा भन्दा बर्षादको मौशममा खोलामा पानीको सतह बढ्ने भएकाले नदि तरेर ओहोरदोहोर गर्ने स्थानियहरु खत्रा मोलेरै भएपनि काठेपुल हुँदै ओहोरदोहोर गर्ने गर्छन । बरु हामीलाई पक्कि पुल चाहिदैन् । ढुक्क संग यात्रा गर्न सकिने झोलुङ्गे पुल बनेको भए आफुहरुलाई राहत हुने एक स्थानियले बताए ।

स्थानीय जनता खोलामा पुल कहिले बन्ला र ढुक्क संग यात्रा गर्न सकिएला भनेर बर्षौ देखि प्रतिरामा छन । तर स्थानीय जनताको यो सपना भनेको आकाशको फल आखाँ तरी मरू भने जस्तै भएको छ । देश संघिय गणतन्त्रात्मक राज्यव्यस्थामा प्रबेश गरिसक्दा पनि स्थानिय जनताले कुनै नौलो अनुभुति नगरेको बताए ।

उनले स्थानीय स्तरका जनप्रतिनिधि देखि प्रदेश तथा केन्द्रीय सरकारका माननियहरुलाई बारम्बार आग्रह गर्दा पनि कसैले पनि आफुहरुको समस्या नबुझिदिएको स्थानियको गुनासो छ ।ढुङ्गेश्वर गाउँपालिका वडां नं। ३ बाट निर्वाचित वडाध्यक्ष उदयराम न्यौंपाने आफुहरुले बर्षौ देखी नदिमा झोलुङ्गे पुल बनाउन पहल गरिरहेको तर बनाउन नसकिएको बताए ।

साथै उनले आफुले बर्षौ देखि पुल बनाउन पहल गर्दा पनि स्थानीय पालिका, प्रदेश र संघ सरकार कतैबाट सहयोग नभएको बताए । यस बिषयमा स्थानीय जनप्रतिनिधि लगायत सबै सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ ।