१० दिनदेखि हराएकी युवती मृत फेला

काठमाडौं,धादिङमा १० दिनदेखि हराएकी युवती मृत अवस्थामा भेटिएकी छन् ।

जिल्लाको गजुरी गाउँपालिका–८,पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् । उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।