राष्ट्रपति र ओलीबीच भेटवार्ता

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।