,नेपालमा थप २,७१४ जनामा कोरोना पुष्टि

२४ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप २,७१४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ। २४ घण्टाभित्रमा एक हजार दुई सय ८८ जना कोरोनामुक्त भएका छन् ।

काठमाडौं उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा एक सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ ।